2 years ago
October 14, 2023
एजेन्सी – मध्य र तल्लोक्रममा नाटकीय रुपमा विकेट गुमाएपछि पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतलाई १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तान ४२.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो ।

पाकिस्तानका कप्तान बाबर आजमले ५८ बलमा ७ चौकासहित सर्वाधिक ५० रन बनाए । मोहम्मद रिजवान ६९ बलमा ७ चौकासहित ४९ रनमा आउट भए ।
तेस्रो विकेटका लागि मोहम्मद रिजवान र बाबर आजमले १ सय ३ बलमा ८२ रनको महत्वपूर्ण साझेदारी गर्दै विशाल योगफलको सम्भावना देखाएका थिए । शिराजको ३० औं ओभरको चौथो बलमा बाबर बोल्ड आउट हुन पुगेका थिए ।
त्यो समय पाकिस्तान २९.४ ओभरमा १५५–३ को अवस्थामा थियो । त्यसपछि नाटकीय रुपमा विकेट गुमाएपछि मध्यम योगफलमै रोकिएको हो । अन्तिम ८ विकेट पाकिस्तानले मात्रै ३६ रनमा गुमाएको थियो ।
साउद शकिल कुलदीप यादवको ३३ औं ओभरको दोस्रो बलमा ६ रनमा एलबीडब्लू आउट भए । भारतले रिभ्यु लिँदै उनलाई आउट गरेको थियो । यसै ओभरको अन्तिम बलमा इफ्तिखार अहमद ४ रनमा बोल्ड आउट भए ।
अर्को ओभरमा रिजवान ४९ रनमा बोल्ड आउट भएपछि पाकिस्तान संकटमा पुगेको थियो । एक समय २९.३ ओभरमा १५५–२ को अवस्थामा भएको पाकिस्तानले १३ रन जोड्न ४ विकेट गुमाएपछि संकटमा थियो । त्यसपछि पाकिस्तानले लगातार विकेट गुमायो । बुमराहले सादब खानलाई २ रनमा बोल्ड आउट गरे ।

मोहम्मद नवाज ४ र हसन अली १२ रनमा आउट भए । पाकिस्तानलाई ओपनर इमाम उल हक र अब्दूल्लाह शफिकले ८ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । श्रीलंकाविरुद्धका धतकधारी शफिक भारतविरुद्ध २४ बलमा ३ चौकासहित २० रनमा आउट भए । उनी मोहम्मद शिराजको बलमा एलबीडब्लू आउट भए ।
हक ३८ बलमा ६ चौकासहित ३६ रनमा आउट भए । उनी हार्दिक पान्ड्याको बलमा एज लागेर विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए । त्यो समय पाकिस्तान १२.३ ओभरमा ७३–२ को अवस्थामा थियो । त्यसपछि मोहम्मद रिजवान र बाबर आजमले पाकिस्तानलाई खेलमा फर्काएका थिए । त्यसपछि भने सम्झन लायक प्रदर्शन हुन सकेन ।
भारतका कुलदीप यादवले १० ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजाले ९.५ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हार्दिक पान्ड्याले ६ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ८ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ७ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]