default_image

2 years ago

October 15, 2023

नेपाल र बहराइनबीचको खेलको टसमा ढिलाई

3021 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ प्रिमियर कपमा आज बहराइनविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार ७ : १५ मा सुरु हुनुपर्ने हो । तर खेल ढिलो सुरु हुने पक्का भएको हो । खेलको टस बिहान : ४५ मा हुनुपर्ने थियो । तर हालसम्म टस भएको छैन ।

नेपालले पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको थियो । नेपालले अन्तिम खेल कार्तिक २ मा साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

समूह ए मा नेपाल १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलका साथ २ अंक नै भएपनि साउदी अरेविया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जित विहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् । नेपाल आजको खेलमा विजयी हुँदा सेमिफाइनल सम्भावना मजबुत बन्नेछ ।

यू१९ प्रिमियर कपमा समूह :

समूह ए – नेपाल, बहराइन, साउदी अरेविया र इरान ।

समूह बी – युएई, ओमान, कतार र चीन ।

समूह सी – सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स ।

समूह डी – हङकङ, मलेसिया जापान र इन्डोनएसिया ।

खेल – खेल ५० ओभरको हुनेछ ।

हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालको टोली :

आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर, दीपक ड्रुमे, दीपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, देव खनाल(कप्तान), सुवास भण्डारी, विशाल केसी र मिलन बोहरा ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.