1 year ago
October 15, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ प्रिमियर कपमा बहराइनविरुद्ध टस हारेको छ । मलेसियाको बायोमास ओभल मैदानमा भएको टसमा बहराइनले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।
नेपालले पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित हात पारेको थियो । नेपालले अन्तिम खेल कार्तिक २ मा साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा शीर्ष तीन टोलीले पाकिस्तानमा आगामी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनलमा पुग्नेछन् ।
समूह ए मा नेपाल १ खेलमा २ अंकका साथ शीर्ष स्थानमा छ । समान खेलका साथ २ अंक नै भएपनि साउदी अरेविया दोस्रो स्थानमा छ । बहराइन र इरान भने जित विहीन हुँदै तेस्रो र चौथो स्थानमा छन् । नेपाल आजको खेलमा विजयी हुँदा सेमिफाइनल सम्भावना मजबुत बन्नेछ ।
November 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा सहभागी ८ टोली तयारीमा जुट्न सुरु भईसकेको छ । ८ टोलीले विदेशी खेलाडी आफ्नो टोलीमा भित्र्याउने क्रम अन्तिम रुपमा पुर्याएका छन् । एनपिएलको नियम अनुसार सहभागी टिमले ४ विदेशी खेलाडी प्लेईङ-११ मा राख्नेनै पर्ने नियम रहेको छ । यसै नियममा रहेर टिमहरुले विदेशी खेलाडी धमाधम आफ्नो टोलीमा […]
November 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – यु १९ महिला विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको नेपाली युवा टोली बिहीवार स्वदेश फर्कदैछ । नेपाल क्रिकेट संघ(क्यान) का अनुसार नेपाली महिला यु १९ टोली बिहीवार साँझ ६ः१५ मा त्रिभुवन विमानस्थलमा आइपुग्नेछ । छनोटको अन्तिम तथा निर्णायक खेलमा बुधवार युएईमाथि ८ विकेटको सहज जित निकाल्दै नेपालले पहिलो पटक विश्व कपमा […]
November 14, 2024
एजेन्सी – तिलक बर्माको शतकको सहयोगमा पाहुना टोली भारतले बुधवार दक्षिण अफ्रिकालाई तेस्रो टि ट्वान्टी आईमा पराजित गरेको छ । भारतले ११ रनको जित हात पारेको हो । जितसँगै भारतले ४ खेलको टि ट्वान्टी आई सिरिजमा २-१ को अग्रता बनाएको छ । २ सय २० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट […]