default_image

2 years ago

October 15, 2023

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

4739 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा स्पिनर दीपेश कँडेलको घातक बलिङको सहयोगमा नेपालले एसिसी यू१९ प्रिमियर कपमा बहराइनलाई ७ विकेटले हराउँदै सेमिफाइनल नजिक पुगेको छ । लगातार दोस्रो जितका साथ नेपाल समूह ए को शीर्षस्थानमा छ ।

जितको लागि ७८ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ११..४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा देव खनाल २७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे ।

अर्जुन कुमाल ३१ बलमा ५ चौकासहित ३२ रनमा नट आउट रहे । ओपनर दीपक बोहरा ४, उत्तमथापा मगर डक र दीपक प्रसाद डुम्रे एक रनमा आउट भए । बहराइनका अन्स ओबैद सैइदले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको बहराइन ३७.५ ओभरमा ७७ रनमा अल आउट भएको थियो । बहराइनका मोहम्मद बासिल अब्दुल हाकिमले ७७ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए । अन्य १० खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

उनी दुर्गेशको बलमा बोल्ड आउट भए । एक समय १०.५ ओभरमा १७–४ को दयनीय अवस्थामा पुगेको बहराइनलाई पाँचौं विकेटका लागि हाकिम र अभिनवले १ सय १८ बलमा ४४ रनको साझेदारी गरेका थिए ।

ओपनर तथा कप्तान ऋषभ रमेशलाई स्पिनर दीपेश कँडेलले ६ रनमा एलबीडब्लू आउट गरे । दीपेशले नै आयन ओबैद सैइदलाई ३ रनमा बोल्ड गरे । तीव्र गतिका बलर दुर्गेश गुप्ताले मोहम्मद आदिल नवाज शेर लाल खानलाई शून्यमा बोल्ड गरे । दुर्गेशले साई सार्थक वैद्दराजुलाई २ रनमा उत्तमथापा मगरबाट क्याच आउट गराए ।

आन्स ओबैद सैइद, विश्वश गुरुमुर्ति र शशांक शेखर शुक्ला शून्यमा आउट भए । नेपालको जितमा दीपेश कँडेलले ९।५ ओभरमा ८ मेडनसहित ४ रन खर्चेर ६ विकेट लिए । दीपेश नै खेलको प्लेयर अफ द म्याच चुनिए । तीव्र गतिका बलर दुर्गेश गुप्ताले ८ ओभरमा १ मेडनसहित २२ रन खर्चेर ४ विकेट लिए ।

नेपालले पहिलो खेलमा इरानलाई २सय ७४ रनले हराएको थियो । नेपालले अन्तिम खेल बिहीबार साउदी अरेवियासँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा सेमिफाइनलमा पुग्नेछ ।

प्रतियोगितामा हरेक समूहमा चार गरि चार समूह छन् । हरेक समूहका शीर्ष टोली सेमिफाइनल पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोली र तेस्रो स्थानमा रहने गरि तीन टोली एसिया कप खेल्नेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोलीबीच प्रतिस्पर्धा हुनेछ । समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । साउदी अरेविया १ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.