default_image

1 year ago

October 15, 2023

इंग्ल्यान्डलाई अफगानिस्तानको प्रतिस्पर्धात्मक लक्ष्य

2389 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डलाई २ सय ८५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएकोछ । अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९.४ ओभरमा २ सय ८४ रनमा अल आउट भयो ।

अफगानिस्तानका ओपनर रहमानउल्लाह गुरबाजले ५७ बलमा ८ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन बनाए । उनी रन आउट भएका थिए । ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले १६.४ ओभरमा १ सय १४ रनको सानदार शतकीय साझेदारी गरेका थिए । स्पिनर आदिल राशिदले जो रुटबाट जद्रानलाई २८ रनमा क्याच आउट गराए ।

मध्यक्रमका ब्याटरको प्रदर्शन भने राम्रो हुन सकेन । आदिल राशिदले रहमात शाहलाई ३ रनमा विकेटकिपर जस बटलरबाट स्टम्पिङ आउट गराए । जो रुटले हश्मातुल्लाह शाहिदीलाई १४ रनमा बोल्ड आउट गरे ।

आजमतुल्लाह ओमरजाई १९ र मोहम्मद नाबी ९ रनमा आउट भए । तल्लोक्रमका इक्रम अलीखिलले ६६ बलमा ३ चौका र २ छक्कासहित ५८ रन बनाए । मुजिब उर रहमान १६ बलमा ३ चौका र १ छक्कासहित २८ र राशिद खान २३ रनमा आउट भए ।

इंग्ल्यान्डका आदिल राशिदले १० ओभरमा १ मेडनसहित ४२ रन खर्चेर ३ विकेट लिए । मार्क वुडले ९ ओभरमा ५० रन खर्चेर २ विकेट लिए । रिस टोप्ली, लियाम लिभिङस्टोन र जो रुटले एक एक विकेट लिए ।

November 3, 2024

हङकङ सिक्सेस – युएईले नेपाललाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा जारी सिक्सेसमा युएईसँग नेपाललाई पराजित भएको छ । नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएईका लागि आसिफ खानले १५ बलमा ३ चौका र ७ छक्काको सहयोगमा नट आउट ५५ रन जोडे । खालिद शाहले ७ बलमा १५ रन जोडे । नेपालका लागि राशिद […]

November 3, 2024

गुलशन बने ओडीआई एकै खेलमा सर्वाधिक रन खर्चिने नेपाली बलर

डालस (हाम्रो खेलकुद) – तीव्र गतिका बलर गुलशन झा ओडीआईमा नेपालबाट एकै खेलमा सर्वाधिक रन खर्चिने बलर बनेका छन् । शनिवार राति आईसीसी विश्वकप लिग-२ मा घरेलु टोली अमेरिकाविरुद्ध ८७ रन खर्चिदा गुलशनको नाममा यो कीर्तिमान बनेको हो । उनले अमेरिकाविरुद्ध १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिएका थिए । गुलशन अघि नेपालबाट ओडीआईमा […]

November 3, 2024

नेपाल अमेरिकासँग फेरि पराजित

डालस, (हाम्रो खेलकुद) – नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा अमेरिकासँग ३७ रनले पराजित भएको छ । यसअघि पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । जित्नलाई २ सय ८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २ सय ४४ रनमा अल आउट भयो । ओपनर अनिल साहले ८० बलमा ४ चौका र […]

Success

Thank you for your time.