2 years ago
October 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका स्पिनर ललित नारायण राजवंशी र युवा हिटर लोकेश बमले टोलीमा पूनरागमन गरेका छन् । लोकेशले २०२२ मार्चमा टियु क्रिकेट मैदानमा पपुवा न्युगिनीसँगको सिरिजपछि टोलीमा पूनरागमन गरेका हुन् ।

नेपालले बुधबार देखी सुरु हुने हङकङ र युएईसँग खेल्ने त्रिकोणात्मक सिरिजको लागि १८ सदस्य टोली घोषणा गर्दा यी दुई खेलाडी टोलीमा फर्किका हुन् ।
उनी हिटर हुन् । नेपालले आइसिसी विश्वकप टि२० छनोटमा युएईविरुद्ध अल अमरेतमा २०२२ फेब्रुअरी सिरिजमा डेब्यू गरेका थिए । उनलाई नेपालले फिनिसरको रुपमा खेलाएको थियो । उनले ८ टि२० आई खेलमा ६६ रन बनाएका छन् । जसमा उत्कृष्ट प्रदर्शन ३३ थियो ।
नेपाल एपिएफबाट घरेलु क्रिकेट खेल्ने उनी पछिल्लो समय भारतमा अभ्यास गर्दै आएका थिए । ललित अघिल्लो महिना चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदमा टोलीबाट बाहिरिएका थिए ।

टियु क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा उनको ब्यूटीबोनमा चोट लागेको थियो । ललित नेपालका प्रमुख स्पिनर हुन् । उनले पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् ।
सन्दीप लामिछानेले ब्यक्तिगत कारण देखाउँदै टोलीबाट नाम फिर्ता भएका थिए । सागर ढकाल, सूर्य तामाङ, मौसम ढकाल स्पिनरको रुपमा छन् । नेपालको स्पिन आक्रामणमा सन्दीप नहुँदा मौसमले साथ पाउन सक्छन् । दीपेन्द्रको भूमिका स्पिनरमा थप महत्वपूर्ण हुनेछ । अफ स्पिनर सूर्य तामाङले गतवर्ष नेपाल टि२० लिगमा उच्च प्रदर्शन गरेका थिए ।
सिरिज हुँदा नेपालले आफ्ना सबै खेलाडीलाई प्रयोग गरेर हेर्न सक्छ । विश्वकप छनोटमा आफ्नो उत्कृष्ट १५ खोज्न यस सिरिजमा प्रयास गर्नेछ । जसमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]