2 years ago
October 16, 2023
एजेन्सी – श्रीलंकाले उत्कृष्ट सुरुवातका बाबजुद आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियालाई २ सय १० रनको मध्यम लक्ष्य दिएको छ । लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भयो ।

श्रीलंकालाई ओपनरले सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि ८४ रनमा १० विकेट गुमाएपछि मध्यम योगफलमै रोकिएको हो । श्रीलंकाका ओपनर कुशल परेराले ८२ बलमा १२ चौकासहित सर्वाधिक ७८ रन बनाए । त्यस्तै पाथुम निसांका ६७ बलमा ८ चौकासहित ६१ रनमा आउट भए ।
श्रीलंकालाई ओपनर पाथुम निसांका र कुशल परेराले २१.४ ओभरमा १ सय २५ रनको सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर स्पिनर एडम जाम्पा र प्याट कमिन्सले उत्कृष्ट पूनरागमन गराएका हुन् ।
कमिन्सको सर्ट बलमा निसांका डेविड वार्नरबाट क्याच आउट भए । कमिन्सले परेरालाई बोल्ड आउट गरे । स्पिनर एडम जाम्पालाई ठूलो सट खेलेका कुशल मेन्डिसको बल डेविड वार्नरले दौडिएर उत्कृष्ट क्याच लिएका थिए । उच्च लयमा रहेका कुशल १३ बलमा ९ रनमा आउट भए ।

जाम्पाले सदिरा समाराविक्रमालाई ८ रनमा एलबीडब्लू आउट गरे । मिचेल स्टार्कले धनन्जय डि सिल्भालाई ७ रनमा बोल्ड आउट गरे । श्रीलंकाले लगातार विकेट गुमायो । कुनैपनि ब्याटरले राम्रो साझेदारी गर्न सकेनन् ।
कमिन्सले युवा ब्याटर दुनिथ वेलालागेलाई २ रनमा रन आउट गराए । जाम्पाले चामिका करुणारत्नेलाई दुई र महेश थिक्सेनालाई शून्यमा एलबीडब्लू धरापमा पारेपछि श्रीलंकाका १९९–८ को दयनीय अवथामा पुगेको थियो ।
स्टार्कले लाहिरु कुमारालाई ४ रनमा बोल्ड आउट गरे । चरिथ असलंका ३९ बलमा १ छक्कासहित २५ रनमा आउट भए ।
अष्ट्रेलिया एडम जाम्पाले ८ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर ४ विकेट लिए । प्याट कमिन्सले ७ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेलले १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]