default_image

2 years ago

October 17, 2023

दक्षिण अफ्रिका विश्वकपमा नेदरल्यान्ड्ससँग स्तब्ध

3045 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्सले आईसिसी विश्वकप २०२३ को विश्वकपमा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको छ । नेदरल्यान्ड्सले गतवर्ष टि२० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो । त्यसैको कारण दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन ।

जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा २ सय ७ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि डेविड मिलरले ५२ बलमा ४ चौका र १ छक्कासहित ४३ रन बनाए । त्यो जितका लागि पर्याप्त थिएन ।

यसै विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । तर नेदरल्यान्ड्ससँग स्तब्ध हुन पुगेको हो ।
मिलरले ब्यक्तिगत २३ रनमा जीवनदान पाएका थिए । स्पिनर भान डर मर्वेको बलमा ठूलो सट खेलेपनि लङअनमा बास डि लिडले क्याच छाडेपछि मिलरले जीवनदान पाएका थिए । तर त्यो जीवनदानको फाइदा उठाउन सकेका थिएनन् ।

ओपनर क्विन्टन डि कक र टेम्बा बभुमाले ८ ओभरमा ३६ रनको साझेदारी गरेका थिए । डि कक स्पिनर कोलिन एकरम्यानरको बलमा स्कट एडवाड्सबाट २० रनमा क्याच आउट भए । त्यसपछि दक्षिण अm्रिकाले लगातार विकेट गुमायो ।

लोगन भान बिकले बभुमालाई १६ रनमा बोल्ड आउट गरे । स्पिनर रोलफ भान डर मर्वेले रास्सी भान डर डुसेनलाई ४ रनमा क्याच आउट गराए । तीव्र गतिका बलर पल भान मार्केनले एडेन माक्ररम १ रनमा बोल्ड आउट भएपछि संकटमा परेको थियो । एक समय ४४–४ को दयनीय अवस्थामा पुगेको दक्षिण अफ्रिकालाई मिलर र हेनरिक क्लासेन अन्तिम आशाको रुपमा थिए ।

लोगन भान बिकको बलमा क्लासेन २८ रनमा विक्रमजितसिंह बाट क्याच भएपछि जितको सम्भावना कठिन बनेको थियो । क्लासेनले २८ बलमा ४ चौका प्रहार गरे । मार्को यानसन ९ र जेराल्ड कोट्जी २२ रनमा आउट भए । केशव महाराज ३७ बलमा ५ चौका र १ छक्कासहित ४० रनमा आउट भए ।

नेदरल्यान्ड्सका स्पिनर रोलेफ भान मर्वेले ९ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । पल भान मार्केनले ९ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । बास डि लिडले ८ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए । कोलिन एकरम्यानले ३ ओभरमा १६ रन खर्चेर १ विकेट लिए । लोगन भान बिकले ८.५ ओभरमा ६० रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि वर्षाका कारण ४३ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले ८ विकेट गुमाउँदै २ सय ४५ रन बनाएको थियो ।नेदरल्यान्ड्सको जितमा कप्तान स्कट एडवार्ड्सले ६९ बलमा १० चौका र १ छक्कासहित ७८ रनको अविजित कप्तानी इनिङ खेलेका थिए । आर्यन दत्तले ९ बलमा ३ छक्कासहित २३ रन बनाउँदै नआउट रहे ।

ओपनर विक्रमजित सिंह १६ बल खेल्दै मात्र २ रनमा आउट भए । अर्का ओपनर म्याक्स ओडाउडले २५ बलमा १८ रन जोड्ने क्रममा ४ चौका प्रहार गरे । कोलिन एकरम्यानले २५ बलमा एक चौका सहित १३ रन बनाए ।

बास डे लेडाले २ रन मात्र बनाउन सके। साइब्रान्ड अंगलब्रेक्तले १९ रन बनाउँदा लोगन भ्यान बिकले १० रन बनाए । रोलाफ भ्यान डर मर्वाले १९ बलमा ३ चौका र १ छक्कासहित तल्लोक्रममा महत्वपूर्ण २९ रन जोडेका थिए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को यानसन र कागिसो रबाडाले समान २ विकेट लिए । यस्तै जेरार्ड कोटजी र केशव माहाराजले भने समान १ विकेट लिए ।

दक्षिण अफ्रिकाले श्रीलंकालाई १ सय २ र अष्टेलियालाई १ सय ३४ ले हराएको थियो । दक्षिण अफ्रिकाले अव शनिबार इंग्ल्यान्डसँग खेल्नेछ । नेरल्यान्ड्स पहिलो खेलमा पाकिस्तानसँग ८१ र न्युजिल्यान्डसँग ९९ रनले पराजित भएको थियो । अव शनिबार श्रीलंकासँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.