2 years ago
October 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले त्रिकोणात्मक टि२० आई सिरिजमा युएईविरुद्ध कीर्तिमानी साझेदारी गरेका छन् । नेपाललाई ७ विकेटको जित दिलाउन दीपेन्द्र र रोहितले ९३ रनको अविजित साझेदारी गरेका थिए ।

टि२० आईमा यो नेपालबाट चौथो विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि टि२० आईमा चौथो विकेटका लागि शरद भेषावकर र पारस खड्काले २०१४ को टि२० विश्वकपमा बंगलादेशविरुद्ध गरेको ८५ रनको साझेदारी गरेका थिए । उक्त साझेदारी दीपेन्द्र र रोहितले तोडेका हुन् ।
नेपालबाट टि२० आईमा सबैभन्दा उच्च साझेदारी कुशल मल्ल र रोहित पौडेलले केहि साताअघि मंगोलियाविरुद्ध तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए ।
त्यस्तै २०१९ मा दोस्रो विकेटका लागि पारस खड्का र आरिस शेखले सिंगापुरविरुद्ध दोस्रो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेका थिए ।

जितको लागि १ सय ४१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे ।
रोहितले मोहम्मद जवादुल्लाहलाई चौका प्रहार गर्दै खेल सकाउनुको साथै आफ्नो अर्धशतक पूरा गरेका थिए । टोलीलाई जितको लागि एक रन चाहिँदा रोहितले चौका हान्दै अर्धशतक पूरा गरेका थिए । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।
युएईका बासिल हामिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । नेपालको जितमा करण केसीले तीन, गुलशन झाले दुई, सोमपाल कामी र अभिनाश बोहराले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]