2 years ago
October 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले त्रिकोणात्मक टि२० आई सिरिजमा आज हङकङसँग खेल्दैछ । खेल दिउँसो ११ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको थियो ।

नेपाललाई जिताउन दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलले ९३ रनको साझेदारी गरेका थिए । नेपालका तीव्र गतिका बलर करण केसीले ३ र गुलशन झाले २ विकेट लिएपछि युएई १ सय ३९ रनमै रोकिएको थियो । नेपालका स्पिनर विकेटविहीन बनेका थिए । नेपालले आजको खेलमा टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ ।
पहिलो खेलमा श्याम ढकाललाई डेब्यू दिएको थियो । उनलाई आज पनि निरन्तरता दिने सम्भावना छ ।
२०२० पछि नेपालले हङकङसँग खेल्दैछ । पछिल्ला चार खेलमा नेपाल तीन खेलमा पराजित भएको छ । तर २०२० पछि नेपाली टोलीको स्तर र प्रदर्शन फेरिएको छ । अंशुमन रथ, बाबर हायत र निजाकत खान हङकङका प्रमुख ब्याटर हुन् । यी तीन ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

बाबर नेपाललाई घातक बन्न सक्छन् । नेपाली फ्रेन्चाइज लिगमा उनको राम्रो अनुभव छ । गत वैशाखमा हङकङ एसिसी प्रिमियर कपमा नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सकेको थिएन । बाबर हायतले मुलपानीमा एसिसी प्रिमियर कपमा शतक पनि हानेका थिए । यासिम मुर्तजा, जिशान अली र स्कट म्याकेन्ची हुन् । स्कटसँग काउन्टीको राम्रो अनुभव छ ।
ङकङको बलिङ आक्रामण भने मजबुत छ । नसरुला राना, आयुश शुक्ला र हरुन अर्शद तीव्र गतिका बलर हुन् । रानाले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । स्पिनर एहसान खान प्रमुख हतियार हुन् ।
यता नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । उनीबाट नेपाल ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन चाहन्छ । कुशल मल्ल चलेको खण्डमा सहजै जित दिलाउन सक्छन् ।
हङकङको टोली
निजाकत खान(कप्तान), अदित गोरावारा, अजिज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, नसरुल्लाह राना, मार्टिन कोट्जी, राग कपुर, स्कट म्याकेन्जी, यासिम मुर्तजा, जिशान अली ।
नेपालको टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि.सी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]