2 years ago
October 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियासँग उत्कृष्ट ब्याटिङ सुरुवात गरेको छ । वाईएसडी युकेएम बाँगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १० ओभरमा कुनै विकेट नगुमाई ६५ रन बनाएको छ ।

अर्जुन कुमाल २९ बलमा ४ चौकासहित ३२ रनमा क्रिजमा छन् । दीपक बोहरा ३२ बलमा २ चौका र २ छक्कासहित २७ रनमा नटआउट छन् । यस खेलको विजेता टोली सेमिफाइनलमा पुग्नेछ ।
समूह ए मा नेपाल २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । साउदी अरेविया २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालको नेटरनरेट ५.४२९ र साउदीको २.०३० छ । समूह ए बाट बहराइन २ अंक र इरान अंक विहीन हुँदै बाहिरिएका छन् । बिहीबार नेपाल र साउदीबीचको विजेता टोली शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ ।
नेपालले पहिलो खेलमा इरानलाई २ सय ७४ र दोस्रो खेलमा बहराइनलाई ७ विकेटले हराएको थियो । साउदीले बहराइनलाई ६७ रन र इरानलाई ४ विकेटले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]