2 years ago
October 19, 2023
एजेन्सी – युवा ब्याटर अर्जुन कुमाल यू१९ क्रिकेटमा नेपालबाट दुई शतक हान्ने पहिलो ओपनर खेलाडी बनेका छन् । मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपमा साउदी अरेवियाविरुद्ध अर्जुनले ९४ बलमा आफ्नो यू१९ अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक प्रहार गरेका हुन् ।

योसँगै नेपालबाट उनी यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । मलेसियाको वाइएसडी युकेएम ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ३७ ओभरमा १ विकेट गुमाउँदै २ सय ४० रन बनाएको छ । अर्जुन कुमाल १ सय ५ बलमा १५ चौका र १ छक्कासहित १ सय २७ रनमा खेलेका छन् ।
उनलाई आकाश त्रिपाठीले ७१ रनमा साथ दिएका छन् । अर्जुनले यसअघि गत फागुनमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको सानदार शतकीय इनिङ खेलेका थिए । नेपालबाट यू१९ मा देव खनालले पनि दुई शतक हानेका छन् । अन्य कुनैपनि नेपालले ब्याटरले यू१९ मा दुई शतक हानेका छैनन् ।
देवले विश्वकप छनोटमा कुवेतविरुद्ध नै १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । कुवेतविरुद्ध अर्जुनले ओपनिङ र देवले चौथो नम्बरमा शतक हानेका थिए । देवले चौथो नम्बरमा यसै प्रतियोगितामा इरानविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । देव नै यू१९ मा दुई शतक हान्ने पहिलो खेलाडी बनेका थिए ।
नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन् । पूर्व कप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]