default_image

2 years ago

October 19, 2023

अभिनाशको टि२० आईमा ५० विकेट पूरा

983 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले टि२० आईमा ५० विकेट पूरा गरेका छन् । त्रिकोणात्मक टि२० आई सिरिजमा हङकङका यासिम मुर्तजालाई आउट गर्दै ५० औं विकेट पूरा गरेका हुन् ।

अभिनाशले ४१ औं खेलमा उक्त सफलता हात पारेका हुन् । उनी नेपालबाट टि२० आईमा ५० औं विकेट पूरा गर्ने तेस्रो बलर हुन् । यसअघि नेपालबाट करण केसी र सन्दीप लामिछानेले टि२० आईमा ५० विकेट पूरा गरेका थिए ।

नेपालबाट सन्दीप लामिछानेले ४६ खेलमा सर्वाधिक ८९ विकेट लिएका छन् । त्यस्तै करण केसीले ४७ खेलमा ६८ विकेट लिएका छन् । सोमपाल कामीले ४७ खेलमा ४४ विकेट लिएका छन् ।

२६ वर्षीय अभिनाश बोहराले २०१९ मा युएईविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । नेपाल आइसिसी विश्वकप लिग २ मा ओडिआईमा ब्यस्त रहँदा पछिल्लो एक वर्ष अभिनाश बोहरा टोली बाहिर थिए ।

अभिनाशलाई नेपालले टि२० मा डेथ ओभर स्पेलिष्टको रुपमा खेलाउँदै आएको छ । अभिनाशले घरेलु क्रिकेट नेपाल एपिएफ क्लबबाट खेल्ने गर्दछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.