default_image

2 years ago

October 20, 2023

नन्दन नेपाली क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक

6864 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दुई सातापछि घरेलु मैदान टियु र मुलपानीमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको लागि भारतीय नन्दन हन्मान्त फड्नीसलाई सल्लाहकार प्रशिक्षकको रुपमा नियुक्त गरेको छ ।

नन्दन नेपाली किक्रेट टोली दुई साताअघि राजस्थान रोयल्सको एकेडेमी नागपुरमा प्रशिक्षण गर्न जादा देखी टोलीमा समेटिएका थिए । उनी नेपाली क्रिकेट टोलीसँगै त्रिकोणात्मक टि२० आई सिरिजमा छन् । उनले सल्लाहकार प्रशिक्षकको रुपमा मुख्य प्रशिक्षक मोन्टी देशाईसँग काम गर्नेछन् ।

५९ वर्षीय उनले महाराष्ट्रबाट १९ प्रथम श्रेणी र ७ लिष्ट ए खेल खेलेका छन् । उनी भारतीय क्रिकेट बोर्डबाट लेभल थ्री गरेका प्रशिक्षक हुन् । कप्तान रोहित पौडेलले उनीबाट सिक्ने बताएका छन् । ‘उनीसँग प्रशिक्षकको धेरै अनुभव छ । पेभेलिएनमा उनीसँग काम गर्न पाउँदा मोन्टी सर र म खुसी छौं । उनीबाट हामी सिक्नेछौं । नन्दन सरले हाम्रो क्रिकेटलाई सहयोग गर्दा अझ राम्रो हुनेछ’, रोहितले भने ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते (३० अक्टोबर देखी नोभेम्बर ६) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । नेपालले पहिलो खेल कार्तिक १३ (अक्टोबर ३०) मा सिंगापुरसँग टियु क्रिकेट मैदानमा खेल्नेछ ।

नेपालले दोस्रो खेल कार्तिक १४ (अक्टोबर ३१) मा मलेसियासँग खेल्नेछ । नेपालले तेस्रो खेल कार्तिक १६ (नोभेम्बर २) मा ओमानसँग खेल्नेछ । नेपालका सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् ।

शीर्ष दुई मा रहने दुबै समूहका टोलीले कार्तिक १७ (नोभेम्बर ३) मा सेमिफाइनल खेल्नेछन् । एउटा सेमिफाइनल टियु र अर्को मुलपानीमा हुनेछ । फाइनल कार्तिक १९ (नोभेम्बर ५) मा टियु क्रिकेट मैदानमा हुनेछ ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा छ । घरेलु मैदान, दर्शक र उच्च लयमा हुँदा विश्वकप खेल्ने उच्च सम्भावना छ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । नेपालले खेल्ने सबै खेल टियु मैदानमा हुनेछ ।

विश्वकप छनोट अघि नेपालले त्रिकोणात्मक टि२० आई सिरिज खेलेको छ । नेपालले पहिलो खेलमा युएईलाई ७ विकेट र हङकङलाई ६ विकेटले हराएको थियो । अव नेपालले कार्तिक ४ मा हङकङ र कार्तिक ६ युएईसँग खेल्नेछ । त्रिकोणात्मक सिरिजको फाइनल भने कार्तिक १० मा टियुमा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.