default_image

2 years ago

October 20, 2023

विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानको सानदार सुरुवात

2255 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियाले प्रस्तुत गरेको विशाल लक्ष्य पछ्याउनेक्रममा सानदार सुरुवात गरेको छ । जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २१.१ ओभरमा १ विकेट गुमाउँदै १ सय ३४ रन बनाएकोछ ।

पाकिस्तानका ओपनर इमाम उल हक ६६ बलमा ९ चौकासहित ६३ रनमा क्रिजमा छन् । अब्दूल्लाह शफिक ६० बलमा ७ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । पहिलो विकेटका लागि अब्दूल्लाह र इमामले २१.१ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गरे ।

अब्दूल्लाह मार्कस स्टोइनिसको २२ औं ओभरको पहिलो बलमा ग्लेन म्याक्सवेलबाट क्याच आउट भए । बाबर आजम ४ बलमा २ चौकासहित ८ रनमा क्रिजमा छन् ।

इमामले ब्यक्तिगत ४८ रनमा जीवनदान पाएका थिए । ग्लेन म्याक्सवेलको १८ औं ओभरको दोस्रो बलमा मिडविकेटमा प्याट कमिन्सले क्याच छाड्न पुगेका थिए ।

अब्दूल्लाह शफिकले ब्यक्तिगत २७ रनमा जीवनदान पाएका थिए । प्याट कमिन्सलाई १२ औं ओभरको पाँचौं बलमा पुल सट खेल्दा मिडविकेटमा शन एबोटले क्याच छाडेका थिए ।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनायो ।

डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेलेका थिए । अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए ।

मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भएका थिए । पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.