2 years ago
October 20, 2023
एजेन्सी – दुई शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ६२ रनको सानदार जित हात पारेको छ । यो जितसँगै अष्ट्रेलियाले शीर्ष चारको सम्भावना बढाएको छ ।

जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.३ ओभरमा ३ सय ५ रनमा अल आउट भयो । पाकिस्तानका ओपनर इमाम उल हकले ७१ बलमा १० चौकासहित सर्वाधिक ७० रन बनाए । अब्दूल्लाह शफिक ६० बलमा ७ चौका र २ छक्कासहित ६४ रनमा आउट भए । अन्य पाकिस्तानी ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
पहिलो विकेटका लागि अब्दूल्लाह र इमामले २१.१ ओभरमा १ सय ३४ रनको शतकीय साझेदारी गर्दै पाकिस्तानलाई सानदार सुरुवात दिलाएका थिए । अब्दूल्लाह मार्कस स्टोइनिसको २२ औं ओभरको पहिलो बलमा ग्लेन म्याक्सवेलबाट क्याच आउट भए । सर्ट खेल्ने धुनमा टप एज लागेर आउट भएका थिए । स्टोइनिसकै बलमा इमाम मिचेल स्टार्कबाट क्याच आउट भए ।
त्यसपछि स्पिनर एडम जाम्पाले पाकिस्तानको मध्यक्रम धरासयी बनाएका थिए । जाम्पाको २७ औं ओभरको दोस्रो बलमा पाकिस्तानका कप्तान तथा प्रमुख ब्याटर ब्याटर आजम मिडविकेटमा १८ रनमा प्याट कमिन्सबाट क्याच आउट भए । चौथो विकेटका लागि मोहम्मद रिजवान र साउद सकिलले ५७ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितको सम्भावना देखाएका थिए ।

कमिन्सको बलमा मार्कस स्टोइनिसबाट ३० रनमा आउट भए । उनले ३१ बलमा ५ चौका प्रहार गरे । त्यसपछि क्रिजमा आएका इफ्तिखार अहमदले काउन्टर अट्याक्क खेल्दै अष्ट्रेलियालाई दबाबमा राखेका थिए । तर जाम्पाले अहमदलाई एलबीडब्लू आउट गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । उनले २० बलमा ३ छक्कासहित २६ रन बनाए ।
पाकिस्तानको जितको आशा रिजवानमा जोडिएको थियो । ४३ औं ओभरको अन्तिम बलमा जाम्पाले रिजवानलाई एलबीडब्लू आउट गरेपछि पाकिस्तानको जितको सम्भावना लगभग सकिएको थियो । रिजवानले ४० बलमा ५ चौकासहित ४६ रन बनाए । उस्मा मिर डक, हसन अली ६ रनमा आउट भए ।
अष्ट्रेलिया जितमा एडम जाम्पाले १० ओभरमा ५३ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । मार्कस स्टोइनिसले ५ ओभरमा ४० रन खर्चेर २ विकेट लिए । प्याट कमिन्सले ७.३ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुड र मिचेल स्टार्कले एक एक विकेट लिए ।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ६७ रन बनाएको थियो । एक समय अष्ट्रेलियाले सजिलै ४ सय रन कटाउने अनुमान गरिएको छ । तर अन्तिम १० ओभरमा ७० रन बनाउँदा ६ विकेट गुमाएपछि ४ सय रनको आँकडा छुन सकेको थिएन ।

अष्ट्रेलिया जितमा ओपनर डेविड वार्नरले १ सय २४ बलमा १४ चौका र ९ छक्कासहित सर्वाधिक १ सय ६३ रनको सानदार शतकीय इनिङ खेले । वार्नर हरिस रौफको ४३ औं ओभरको दोस्रो बलमा लगातार दोस्रो छक्का हान्ने धुनमा लङअनमा क्याच आउट भए । वार्नरको यो विश्वकपको पाँचौं शतक हो ।
ओडिआई करिअरमा सातौं पटक १ सय ५० औं रन कटाएका हुन् । अष्ट्रेलियालाई ओपनर मिचेल मार्श र डेविड वार्नरले पहिलो विकेटका लागि ३३.५ ओभरमा २ सय ५९ रनको सानदार दोहोरो शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार बनाएका थिए । मार्श १ सय ८ बलमा १० चौका र ९ छक्कासहित १ सय २१ रनमा आउट भए । उनी शाहिन शाह अफ्रिदीको बलमा उस्मा मिरबाट क्याच आउट भएका थिए ।
लगत्तै अर्को बलमा ग्लेन म्याक्सवेल गोल्डेन डक आउट भए । उस्मान मिरको बलमा स्टिभ स्मिथ ७ रनमा कट एण्ड बोल्ड आउट भए । यी दुई ब्याटर बाहेक अन्यले भने ठूलो इनिङ खेल्न सकेनन् ।मार्कस स्टोइनिस २१, जोश इंग्लिस १३, मार्नस लाबुसेन ८ र मिचेल स्टार्क २ रनमा आउट भए । प्याट कमिन्स ६ रनमा नट आउट रहे । पाकिस्तानलाई एक समय ४ सय माथि रन बनाउने अवसर थियो ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५४ रन खर्चेर सर्वाधिक ५ विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन । हरिस रौफले ८ ओभरमा ८३ रन खर्चेर ३ विकेट लिए । उस्मा मिरले ९ ओभरमा ८२ रन खर्चेर १ विकेट लिए ।
अष्ट्रेलिया पहिलो खेलमा भारतसँग ६ विकेट र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग १ सय ३४ रनले हारेको थियो । तेस्रो खेलमा श्रीलंकालाई ५ विकेटले हराएको थियो । अव अष्ट्रेलियाले बुधबार दिल्लीमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।
पाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो । भारतसँग ७ विकेटले हारेको थियो । पाकिस्तानले अव सोमबार अफगानिस्तानसँग खेल्नेछ ।
यो जितसँगै अष्ट्रेलिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा पुगेको छ । न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ । ४ खेलमा ८ अंक भएपनि भारत नेटरनरेटका कारण दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ । इंग्ल्यान्ड ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]