default_image

2 years ago

October 21, 2023

नेपाल यू१९ को सेमिफाइनलमा एक परिवर्तन

1511 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल यू-१९ पुरुष राष्ट्रिय टोलीले एसिसी यू-१९ प्रिमियर कपको सेमिफाइनल खेलमा जापानसँग भिड्दैछ । पछिल्लो खेलबाट नेपालले टोलीमा एक परिवर्तन गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले आजको खेलमा हेमन्त धामीलाई टोलीमा समेटेको छ । मलेसियाको बायोमास ओभलमा जापानका कप्तान कोजी हार्डग्रेभ एबीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए । नेपालले तीव्र गतिका बलर दुर्गेश गुप्ताको स्थानमा हेमन्तलाई टोलीमा राखेको हो ।

नेपालका लागि ओपनरमा दीपक बोहोरा र अर्जुन कुमाल नै रहेका छन् । त्यसपछि आकाश त्रिपाठी, देव खनाल, दीपक डुम्रे र विशाल विक्रम केसीले मध्यक्रम सम्हाल्नेछन् । मिलन बोहोरासँगै बलरमा दीपेश कँडेल पनि ब्याटिङको क्षमता राख्छन् । सुभाष भण्डारी, आकाश चन्द र हेमन्त धामी बलरको भूमिकामा छन् ।

नेपाल समूह ए र जापना समूह डी को विजेताको रुपमा सेमिफाइनल खेल्न लागेका हुन् । अर्को सेमिफाइनलमा यूएई र सिंगापुर भिड्दैछन् । जापानले हङकङलाई डकवर्थ लेविस पद्धतिको आधारमा ५७ रनले हराउँदै नेपालसँगको भेट पक्का गरेको हो । हङकङविरुद्ध जापानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३८ रन बनाएको थियो ।

ओपनर आदित्य फड्केले ७९, निखिल पोलले ३३, ऋथिक सिभकुमारले ४४ रन बनाएका थिए । जापानले इन्डोनएसियालाई ३० रनमै अल आउट गरेको थियो । इन्डोनएसियालाई सस्तैमा अल आउट गर्न जापानका कजुमा काटो स्टाफोर्ड र चार्ली हिन्जले समान चार विकेट लिएका थिए ।

जापानले मलेसियालाई डकवर्थ लेविस पद्धतिको आधारमा ६ रनले हराएको थियो । जापानका ओपनर आदित्य र निखिल राम्रो सम्भावना बोकेका ब्याटर हुन् । बलिङमा कजुमा र चार्ली प्रमुख बलिङ हतियार हुन् ।

नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय १ रनले हराएको थियो ।

फाइनल मंगलबार हुनेछ । फाइनल पुग्ने दुई र तेस्रो स्थानमा रहने एक गरी तीन टोली आगमी डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् । तेस्रो स्थानको लागि सेमिफाइनलमा पराजित हुने टोली भिड्नेछन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.