default_image

2 years ago

October 21, 2023

हङकङविरुद्ध बायाँ हाते ललित र प्रतिश खेल्दै

1752 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते स्पिनर ललित नारायण राजवंशी र बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीले हङकङविरुद्ध त्रिकोणात्मक टि२०आई सिरिजको तेस्रो खेलमा खेल्ने भएका छन् ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोज्दा नेपालले टोलीमा दुई परिवर्तन गरेको हो । प्रतिशले टि२०आई मा डेब्यु गर्दा ललितले चोटबाट पुनरागमन गर्न लागेका हुन् । एसियाली खेलकुदको तयारीका क्रममा गत महिना चोट बोकेका उनी पुनरागमन गर्दैछन् ।

ललितले पछिल्लो खेलबाट स्पिनर श्याम ढकालको स्थान लिएका छन् । त्यस्तै अभिनाश बोहोराको स्थानमा प्रतिशले अवसर पाएका हुन् । नेपालले ब्याटिङमा भने कुनै परिवर्तन गरेको छैन ।

यता हङकङले पनि टोलीमा दुई परिवर्तन गरेको छ । अनुभवी विकेटकिपर स्कट म्याकेच्नी र मोहमद घजनफार टोलीमा आएका छन् । यस्तै पछिल्लो खेल खेलेका यासिम मुर्तजा र अदित गोरवारा बेन्चमा रहेका छन् ।

नेपालको प्लेइङ-११ :

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललितनारायण राजवंशी

हङकङको प्लेइङ-११ :

निजाकत खान(कप्तान), एजाज खान, आयुश शुक्ला, अंशुमन रथ, बाबर हायत, एहसान खान, मोहम्मद गजानफार, हरुन अर्शद, मार्टिन कोट्जी, स्कट म्याकेच्नी, जिशान अली

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.