default_image

2 years ago

October 21, 2023

खराब सुरुवातको बाबजुद नेदरल्यान्ड्स माध्यम योगफल

1465 views

0 Bookmark

एजेन्सी – कमजोर सुरुवातबाट पुनरागमन गर्दै नेदरल्यान्ड्सले जारी क्रिकेट विश्वकपमा श्रीलंकासामु २ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

नेदरल्याण्ड्सले ७१ रनमा पाँच विकेट गुमाएको अवस्थाबाट उकास्दै ४९.४ ओभरमा अलआउट हुँदै २सय ६२ रन बनाएको हो । डच टोलीका लागि साइब्राण्ड एँगलब्रेक्तले सर्वाधिक ७० रन बनाए । ८२ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरेका थिए । एँगलब्रेक्तले छैटौं विकेटका लागि लोगान भ्यान विक सँग मिलेर १३० रनको साझेदारी गरेका थिए ।

भ्यान विकले ७५ बलमा ५९ रन बनाउँदा एक चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर ब्याटर विक्रमजित सिंह चार रनमा आउट हुँदा अर्का ओपनर म्याक्स ओडाउडले १६ रन बनाए । तीन नम्बरमा ब्याटिङ गर्न आएका कोलिन एकरमनले ३१ बलमा पाँच चौका सहित २९ रन बनाए ।

त्यसपछि आएका अल राउन्डर बास डे लेडाले छ रन मात्र बनाउँदा तेजा निदामनुरुले नौं रन बनाए । त्यस लगत्तै कप्तान स्कट एडवार्ड्सले १६ रन मात्र बनाउन सके । उनी पभिलियन फर्कंदा नेदरल्याण्ड्स ९१-६ को अवस्थामा थियो । सो अवस्थामा एँगलब्रेक्त र भ्यान विकले कमान सम्हालेका थिए ।

रुलफ भ्यान डर मर्वाले सात रन बनाउँदा ११ नम्बरका पल भ्यान मिकरनले चार रन बनाए । आर्यन दत्त नौं रणका नटआउट रहे। श्रीलंकाका लागि पेसरद्वय दिलशन मदुसान्का र कसुन रजिथाले समान चार-चार विकेट लिए । महिश थिकसनाले एक विकेट लिए ।

अहिलेसम्म विश्वकपमा खेलेको तीन खेलमा नेदरल्याण्ड्सले एक जित हासिल गरेको छ । सो जित दक्षिण अफ्रिका सँग रहेको थियो । श्रीलंका भने तीन खेलमा बिना अंकका साथ तालिकाको पुछारमा छ ।

विश्वकप अन्तर्गत मुम्बईमा भइरहेको दिनको दोस्रो खेलमा इंगल्याण्ड विरुद्ध टस हार्दै दक्षिण अफ्रिका पहिलो ब्याटिङ गर्दैछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.