2 years ago
October 21, 2023
एजेन्सी – श्रीलंकाले आईसिसी विश्वकप २०२३ मा पहिलो जित हात पारेको छ । श्रीलंकाले नेदरल्यान्ड्सलाई ५ विकेटले हराउँदै पहिलो जित हात पारेको हो । जितको लागि २ सय ६३ रनको रनको मध्यम लक्ष्य पछ्याएको श्रीलंकाले ४८.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

श्रीलंकाको जितमा सदीरा समाराविकरमाले १ सय ७ बलमा ७ चौकासहित सर्वाधिक ९१ रनमा अविजित रहे । ओपनर पाथुम निसांकाले ५२ बलमा ९ चौकासहित ५४ रन बनाए।
चरिथ असलंकाले ६६ बलमा ४४ रन बनाए । उनले दुई चौका र एक छक्का प्रहार गरे । यस्तै धनञ्जय डी सिल्भाले ३०, दुशन हेमान्था, ओपनर कुशल परेराले ५ र कप्तान कुशल मेन्डिस ११ रन बनाए ।
नेदरल्याण्ड्सका लागि स्पिनर आर्यन दत्तले १० ओभरमा ४४ रन खर्चिदै तीन विकेट लिए । पल भ्यान मिकेरेनले आठ ओभरमा ३९ रन खर्चिदै एक विकट लिदा कोलिन एकरमनले पनि ८.२ ओभरमा ३९ रन खर्चिदै एक विकट लिए ।
त्यसअघि नेदरल्यान्ड्स ४९.४ ओभरमा अलआउट हुँदै २ सय ६२ रन बनाएको थियो । डच टोलीका लागि साइब्राण्ड एँगलब्रेक्तले सर्वाधिक ७० रन बनाए ।
उनले ८२ बल खेल्दा चार चौका र एक छक्का प्रहार गरेका थिए । एँगलब्रेक्तले सातौं विकेटका लागि लोगान भ्यान विकसँग १ सय ३० रनको महत्वपूर्ण साझेदारी गर्दै मध्यम योगफलमा पुर्याएका थिए । भ्यान विकले ७५ बलमा ५९ रन बनाउँदा एक चौका र एक छक्का प्रहार गरेका थिए।

ओपनर व्याटर विक्रमजित सिंह चार रनमा आउट हुँदा अर्का ओपनर म्याक्स ओडाउडले १६ रन बनाए । तीन नम्बरमा ब्याटिङ गर्न आएका कोलिन एकरमनले ३१ बलमा पाँच चौका सहित २९ रन बनाए ।
त्यसपछि आएका अल राउन्डर बास डे लेडाले ६ र तेजा निदामनुरुले ९ रन बनाए । त्यस लगत्तै कप्तान स्कट एडवार्ड्सले १६ रन मात्र बनाउन सके। उनी पभिलियन फर्किदा नेदरल्याण्ड्स ९१-६ को अवस्थामा थियो ।
सो अवस्थामा एँगलब्रेक्त र भ्यान विकले कमान सम्हालेका थिए। रुलफ भ्यान डर मर्वाले सात रन बनाउँदा ११ नम्बरका पल भ्यान मिकरनले चार रन बनाए । श्रीलंकाका लागि पेसरद्वय दिलशन मदुसान्का र कसुन रजिथाले समान चार(चार विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]