2 months ago
October 22, 2023
एजेन्सी – न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४१ ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको छ । डर्याल मिचेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित १ सय रनमा क्रिजमा […]
एजेन्सी – न्युजिल्यान्डका मध्यक्रमका ब्याटर डर्याल मिचेलले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले ४१ ओभरमा ४ विकेट गुमाउँदै २ सय २२ रन बनाएको छ ।
डर्याल मिचेल १ सय १ बलमा ७ चौका र ४ छक्कासहित १ सय रनमा क्रिजमा छन् । उनलाई हिटर ग्लेन फिलिप्सले ११ रनमा साथ दिएका छन् । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो । उनले १ सय बलमा ७ चौका र ४ छक्कासहित शतकीय इनिङ खेलेका थिए ।
दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए ।
मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा उनी लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए ।
विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए । एक समय ८.१ ओभरमा १९-२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो ।
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला स्तरीय महिला क्रिकेट छनोट प्रतियोगिताको उपाधी राजबिराज च्याम्पसले खडक क्विनलाई ६ विकेटले पराजित गर्दै जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खडकले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै ९५ रन बनाएको थियो । खडकका लागि मन्जु रामले १५ रनको योगदान दिइन् । राजबिराजका साक्षी यादवले ४ ओभरमा १७ […]
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चितवन जिल्ला क्रिकेट संघको आयोजनामा चार जिल्ला सम्मिलित भिजिट भरतपुर २०२४ टि२० क्रिकेट सिरिज हुने भएको छ। जिल्ला क्रिकेट संघ चितवनले नारायणगढमा पत्रकार सम्मेलन गरी निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा मंसिर २४ देखी २७ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । प्रतियोगितामा चितवन, नवलपुर, मकवानपुर र पर्सा […]
December 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी यू१९ एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा आजन आविस ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे । कप्तान साद बेग ५६ बलमा ५ […]