2 years ago
October 22, 2023
एजेन्सी – मध्यक्रमका ब्याटर डर्याल मिचेलको सानदार शतकमा न्युजिल्यान्डले आइसिसी विश्वकप २०२३ मा घरेलु टोली भारतलाई २ सय ७४ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा २ सय ७३ रनमा अल आउट भयो ।

न्युजिल्यान्डका डर्याल मिचेलले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ३० रनको सानदार शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअर पाँचौं र विश्वकपको पहिलो शतक हो ।
त्यस्तै करिअरको पनि उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले गत अप्रिलमा पाकिस्तानविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । यसअघि त्यो नै उनको करिअरको उच्च प्रदर्शन थियो ।
दोस्रो विकेटका लागि मिचेल र रचिन रविन्द्रले १ सय ५९ रनको सानदार शतकीय साझेदारी गरेका थिए । रविन्द्र ८७ बलमा ६ चौका र १ छक्कासहित ७५ रनमा आउट भए ।
मोहम्मद शामीको ३४ औं ओभरको तेस्रो बलमा उनी लङअनमा क्याच आउट भएका थिए । ओपनर डेभन कन्वे मोहम्मद शिराजको बलमा शून्यमा क्याच आउट भएका थिए । विल योंगलाई मोहम्मद शामीले १७ रनमा बोल्ड आउट गरेका थिए ।

एक समय ८.१ ओभरमा १९-२ को अवस्थामा थियो । त्यो अवस्थाबाट रचिन र मिचेलको साझेदारीले न्युजिल्यान्डले विशाल योगफलको आधार तय गरेको थियो । तर त्यसपछिका ब्याटरले भने राम्रो रन बनाउन सकेनन् ।
कप्तान टम लाथम ५, ग्लेन फिलिप्स २३, मार्क च्यापम्यान ६, मिचेल सान्टनार १ र म्याट हेनरी शून्यमा आउट भए ।
भारतका मोहम्मद शामीले १० ओभरमा ५४ रन खर्चेर ५ विकेट लिए । कुलदीप यादवले १० ओभरमा ७२ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराह र मोहम्मद शामीले समान १–१ विकेट लिए ।
दुबै बलरले १० ओभरमा समान १ मेडन राख्दै ४५–४५ रन खर्चेका थिए । यस खेलको टोली शीर्षस्थानमा हुनेछ । न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ नेटरनरेटका कारण शीर्षस्थानमा छ । भारत ४ खेलमा ८ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]