2 years ago
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर राष्ट्रिय क्रिकेट टोलीले त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा यूएईको सामना गर्दैछ ।

नेपालका कप्तान रोहितकुमार पौडेलले लगातार चौथो खेलमा टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका छन् । नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । विवेक यादव र अभिनाश बोहोरा टोलीमा फर्केका छन् । यस्तै पछिल्लो खेलबाट प्रतिश जिसी र ललित नारायण राजवंशीलाई विश्राम दिइएको छ ।
नेपालले सुरुवाती दुई खेलमा पनि टस जितेर फिल्डीङ नै रोजेको थियो । हङकङसँग शनिबार भएको खेलमा भने नेपालले पहिलो ब्याटिङ गर्दै २ सय १३ रनको विशाल योगफल खडा गरेको थियो ।
नेपालको टोली :
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा
यूएईको टोली :
मुहमद वसीम, वृत्य अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मुहमद जवादुल्लाह, अकिफ राजा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]