2 years ago
October 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल अन्तिम लिग खेलमा यूएईलाई हराउँदै अपराजित रहेर त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ ।

फाइनल पुगिसकेको नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राख्यो । जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।
नेपालले आफ्नो टि२०आई क्रिकेट इतिहासमा पूरा गरेको यो सबैभन्दा ठूलो लक्ष्य पनि हो । यसअघि नेपालले केन्याविरुद्ध सन् २०२२ मा १ सय ६० रनको लक्ष्य पूरा गरेको थियो ।
मुलपानी क्रिकेट मैदानमा सोमबार नेपालका लागि ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । कप्तान रोहित पौडेल ४७ रन जोड्दै १८ औं ओभरमा पेभेलियन फर्केका थिए । दीपेन्द्रसिंह ऐरीले १४ बलमा ६ चौकर १ छक्कासहित ३९ रन जोड्दै नेपाललाई जितसम्म पुर्याएका थिए ।
नेपालले सुरुवाती ३ ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्लको साथ गुमाएको थियो । त्यसपछि कप्तान रोहितकुमार पौडेल र आसिफ शेखले ९९ रनको साझेदारी गर्दै नेपाललाई खेलमा कायम राखेका थिए ।

आसिफले १६ औं ओभरमा आउट हुनुअघि ५० बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनी मुहमद जवादुल्लाहको बलमा बोल्ड भएका थिए । त्यसपछि दीपेन्द्र र रोहितले पाँचौ विकेटका लागि १५ बलमा ३७ रनको आक्रामक साझेदारी गर्दै नेपाललाई जिततर्फ डोर्याएका थिए ।
इनिङको चौथो बलमा कुशल भुर्तेल मुहमद जवादुल्ल्लाबाट बोल्ड भए । दोस्रो ओभरको पाँचौ बलमा सोमपाललाई अकिफ राजाले कट बिहाईन्ड गराए । तेस्रो ओभरमा कुशल मल्ल एक रन जोड्ने क्रममा बसल हमिदबाट नन स्ट्राइक एण्डमा रनआउट हुँदा नेपाल समस्यामा परेको थियो ।

त्यसअघि नेपालले टस जितेर पहिलो ब्याटिङको निम्तो दिएपछि यूएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो । यूएईका लागि बसिल हमिद र वृत्य अरविन्दले ४५-४५ रनको योगदान दिए ।
बसिलले १९ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए । इनिङको अन्त्यतिर उनको आक्रामक ब्याटिङकै कारण यूएईले राम्रो योगफल खडा गरेको थियो । त्यसअघि वृत्यले मध्यक्रम सम्हाल्ने क्रममा ५१ बलमा ४ चौका प्रहार गरे ।
अब सिरिजको फाइनल शुक्रबार टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । त्यसअघि बुधबार यूएई र हङकङले प्रतिस्पर्धा गर्नेछन् । नेपालको ४ खेलमा ८ अंक हुँदा यूएईको ३ खेलमा २ अंक छ । हङकङ अंकविहिन छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]