default_image

9 months ago

October 24, 2023

नेपालले उपाधिको लागि युएईसँग खेल्दै

2494 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले मलेसियामा जारी एसिसी यू१९ प्रिमियर कपको फाइनलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ७ : १५ मा बायोमास ओभलमा सुरु हुनेछ । नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन युएईलाई हराउदै उपाधि जित्न चाहन्छ । युएई त्यसको बदला लिन खोज्नेछ । दुबै टोलीमा विश्वकप एसिष क्षेत्र छनोट खेल्दाका खेलाडी छन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

युएईले उपाधि जित्ने लक्ष्यका साथ सिनियर टोलीका तीन खेलाडीलाई टोलीमा समेटेको थियो । त्यसैको कारण त्रिकोणात्मक सिरिज आयन खानले खेलेका छैनन् । युएईको टोलीबाट खेलि सकेका आयन खानसँगै ओपनर अर्यांश शर्मा र मध्यक्रमका ब्याटर एथान डि सोल्झा युएईको यू१९ टोलीमा छन् ।

कप्तान आयनले युएईको टोलीबाट २५ र १६ टि२० आई खेल खेलेका छन् । उनी स्पिनसँगै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । ओपनर शर्माले ७ ओडिआई र ९ टि२० आई खेल खेलेका छन् । गत अगष्टमा न्युजिल्यान्डविरुद्ध टि२० आई डेब्यू खेलमै उनले ६० रन बनाएका थिए ।

डि सोल्झाले युएईबाट ३ ओडिआई खेल खेलि सकेका छन् । सोल्झाले विश्वकप छनोटमा नेपालविरुद्ध ५० रन बनाएको थियो । विश्वकप छनोटमा सर्वोत्कृष्ट चुनिएका ध्रुव परेसार पनि घातक बन्नसक्छन् ।

युएईलाई यू१९ विश्वकपमा पुग्न जितको लागि १६ बलमा ८ रन चाहिँदा दीपेश कँडेलले लगातार तीन विकेट लिदै नेपाललाई विश्वकपमा पुर्याएका थिए ।

दीपेशले जारी प्रतियोगितामा ४ खेलमा १८ विकेट लिएका छन् । दीपेशले साउदी र बहराइनविरुद्ध ६–६ विकेट लिएका थिए । जापान र इरानविरुद्ध ३–३ विकेट लिएका थिए ।

नेपालको सिनियर टोलीबाट खेलेका देव खनालले बहराइनविरुद्ध १ सय रनको शतकीय इनिङ खेलेका थिए । अर्जुन कुमालले साउदी अरेवियाविरुद्ध १ सय ४२ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

यी तीन खेलाडी नेपालका प्रमुख हतियार हुन् । विशाल विक्रम केसीको प्रदर्शन मध्यक्रममा महत्वपूर्ण हुनेछ । स्पिनर सुवास भण्डारी र दीपेको प्रदर्शन निकै महत्वूर्ण हुने अनुमान गरिएको छ ।

नेपालको तीव्र गतिको बलिङ आक्रामण आकाश चन्द, दुर्गेश गुप्ता र हेमन्त धामीले सम्हाल्नेछन् । समूह चरण र सेमिफाइनलमा सहज जित हात पारेको नेपालको असली परिक्षा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.