default_image

2 years ago

October 24, 2023

नेपालको प्लेइङ ११ मा एक परिवर्तन

2656 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध टोलीमा एक परिवर्तन गरेको छ । बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । कप्तान देव खनालले प्लेइङ ११ मा एक परिवर्तन गरेका छन् ।

नेपालले अलराउन्डर मिलन बोहराको स्थानमा विकेकिपर उत्तम थापामगरलाई आजको खेलमा मौका दिएको छ । उत्तम मध्यक्रममा स्पिन राम्रो खेल्ने गर्दछन् । त्यसैको कारण आज उनलाई मौका दिएको छ । नेपालले सेमिफाइनला जापानसँगको खेलबाट एक बाहेक अन्य परिवर्तन गरेको छैन ।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन युएईलाई हराउदै उपाधि जित्न चाहन्छ । युएई त्यसको बदला लिन खोज्नेछ । दुबै टोलीमा विश्वकप एसिष क्षेत्र छनोट खेल्दाका खेलाडी छन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ ः
दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, आकाश चन्द, दीपेक कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, उत्तम थापामगर र हेमन्त धामी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.