default_image

7 months ago

October 24, 2023

नेपालको मध्यम सुरुवात

1445 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध सुरुवात दुई विकेट गुमाएको छ ।

बायोमास ओभलमा टस जितेर नेपालले पहिला ब्याटिङ गरेको नेपालले ९ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । अर्जुन कुमाल ३० बलमा ३ चौकासहित १६ र देब खनाल ९ बलमा ६ रन बनाउदै खेलेका छन् ।

ओपनर दिपक बोहरा १२ बलमा ५ रन बनाउदै अर्यांश शर्माबाट क्याच आउट भए । उनी हरित शेठ्ठीको बलमा आउट भएका थिए । कप्तान आयन खानले आकाश त्रिपाठीलाई शुन्यमा क्याच आउट गराए ।

नेपालले अलराउन्डर मिलन बोहराको स्थानमा विकेकिपर उत्तम थापामगरलाई आजको खेलमा मौका दिएको छ । उत्तम मध्यक्रममा स्पिन राम्रो खेल्ने गर्दछन् । त्यसैको कारण आज उनलाई मौका दिएको छ । नेपालले सेमिफाइनला जापानसँगको खेलबाट एक बाहेक अन्य परिवर्तन गरेको छैन ।

नेपालले सेमिफाइनल खेलमा जापानलाई डकवर्थ लेविस पद्धतिको आधारमा १ सय ४३ रन तथा युएईले दोस्रो सेमिफाइनल खेलमा सिंगापुरलाई डवकर्थ लेविस पद्धतिको आधारमा १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

नेपालले गत फागनुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा युएइृलाई ७ रनले हराउँदै २०२४ को विश्वकपमा स्थान बनाएको थियो । नेपाल पुन युएईलाई हराउदै उपाधि जित्न चाहन्छ । युएई त्यसको बदला लिन खोज्नेछ । दुबै टोलीमा विश्वकप एसिष क्षेत्र छनोट खेल्दाका खेलाडी छन् ।

नेपालले समूह चरणमा इरानलाई २ सय ७४, बहराइनलाई ७ विकेट र साउदी अरेवियालाई ३ सय २ रनले हराएको थियो । उता युएईले समूह चरणमा चीनलाई ९ विकेट, ओमानलाई ३ विकेट, कतारलाई १० विकेटले हराएको थियो ।

नेपालको प्लेइङ ११ ः
दीपक बोहरा, अर्जुन कुमाल, आकाश त्रिपाठी, देव खनाल (कप्तान), दीपक प्रसाद डुम्रे, आकाश चन्द, दीपेक कँडेल, विशाल विक्रम केसी, सुवास भण्डारी, उत्तम थापामगर र हेमन्त धामी ।

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

Success

Thank you for your time.