default_image

2 years ago

October 24, 2023

कप्तान देव र अर्जुनको अर्धशतक

1766 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय यू-१९ टोलीका कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा यूएईविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

मलेसियाको बायोमास ओभलमा जारी फाइनलमा नेपालले टस जितेर ब्याटिङ रोजेको थियो । नेपालले २६ ओभरमा ३ विकेट गुमाएर १ सय ४० रन जोडेको छ । नेपालका लागि क्रिजमा देव ७१ रन जोडेर खेलिरहेका छन् । उनले ६२ बलमा ६ चौका र २ छक्का प्रहार गरेका छन् । देवलाई साथ दिन उत्तम थापा मगर क्रिजमा आएका छन् ।

अर्धशतक बनाएका ओपनर अर्जुन २६ औं ओभरको चौथो बलमा स्टम्प आउट भए । उनले ७७ बलमा ४ चौकाको मदतले ५५ रन जोडे । देव र अर्जुनले तेस्रो विकेटका लागि १ सय २५ रनको साझेदारी गरेका थिए ।

ओपनर दीपक बोहोरा तेस्रो ओभरमा ५ रन जोड्दै क्याच आउट भएका थिए । लगत्तै चौथो ओभरको अन्तिम बलमा आकाश त्रिपाठी खाता नखोली पेभेलियन फर्केपछि नेपाल १४-२ को स्थितिमा रहेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.