2 years ago
October 24, 2023
काठमाडौं (हाम्रो खेलकुद – कप्तान देव खनाल नेपालबाट यू-१९ क्रिकेटमा तीन शतक हान्ने पहिलो नेपाली खेलाडी बनेका छन् । मलेसियामा जारी यू१९ प्रिमियर कपको फाइनल खेलमा युएईविरुद्ध शतक हान्दै देवले नेपाली क्रिकेटमा दुर्लभ इतिहास रचेका हुन् ।

उनी नेपाली क्रिकेटमा यू१९ मा तीन शतक हान्ने पहिलो खेलाडी बनेका हुन् । युएईविरुद्ध उनले ९२ बलमा ९ चौका र ३ छक्कासहित १ सय रनमा आउट भएका छन् ।
समूह चरणमा उनले इरानविरुद्ध ६० बलमा १२ चौका र ४ छक्कासहित १ सय रनमा आउट भएका थिए । उनले गत फागुमा आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा कुवेतविरुद्ध १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको शतकीय इनिङ खेलेका थिए । उनकै उच्च प्रदर्शनमा नेपालले ८ वर्षपछि यू१९ विश्वकपमा स्थान बनाएको थियो ।
नेपालबाट यसअघि एकै उमेर समूहमा कुनैपनि खेलाडीले एक भन्दा बढी शतक हानेका थिएनन् । रित गौतम दुई फरक उमेर समूहमा शतक हान्ने एक्लो खेलाडी हुन् । उनले यू१६ र यू१९ दुबैमा नेपालबाट शतक हानेका छन् ।

त्यस्तै अर्जुन कुमालले दुई शतक यू१९ मा हानेका छन् । अर्जुनले गत फागुनमा विश्वकप छनोटमा कुवेतविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।
यू१९ प्रिमियर कपको समूह चरणमा साउदी अरेवियाविरुद्ध अर्जुन कुमालले १ सय ४२ रनको शतकीय इनिङ खेलेका थिए । उनी नेपालबाट कुनैपनि खेलमा एकै खेलमा सर्वाधिक धेरै रन बनाउने खेलाडी हुन् ।
उनले कुशल मल्लको मंगोलियाविरुद्ध टि२० आईमा बनाएको १ सय ३७ रनको कीर्तिमान तोडेका थिए । सिनियर टोलीबाट रोहित पौडेलले २०२२ मा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए । कुशल मल्ल र रोहित पौडेल बाहेक अन्य कुनैपनि ब्याटरले सिनियर टोलीमा एकै खेलमा १ सय १५ रन कटाउन सकेका छैनन् ।

नेपालबाट यू१९ क्रिकेटमा शक्ति गौचन, कनिष्क चौलागाई, राजु रिजाल, रित गौतम, अर्जुन कुमाल र देव खनालले यू१९ मा शतक हानेका छन् । पूर्व कप्तान पारस खड्का सिनियर टोलीबाट सर्वाधिक पाँच शतक हान्ने खेलाडी हुन् ।
देव नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिदै आएका छन् । देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । २०२२ को मार्चमा पपुवा न्युगिनीविरुद्ध टियु मैदानमा देवले सिनियर टोलीमा डेब्यू गरेका थिए ।
त्यसै सिरिजको दोस्रो खेलमा उनले ७२ रन बनाएका थिए । आइसिसी विश्वकप लिग २ मा घरेलु टोली अमेरिकाविरुद्ध पनि उनले अर्धशतक प्रहार गरेका थिए ।
गतवर्ष उनी केन्या भ्रमणपछि १० महिना नेपाली टोली बाहिर हुनु परेको थियो । नेपालले दुई महिना अघि श्रीलंकामा सम्पन्न एसिसी इमर्जिङ टिम्स एसिया कपको लागि देवलाई सिनियर टोलीमा मौका दिएको थियो ।
भारत ए सँग १५ र युएई ए सँग २४ रनमा आउट भएका थिए । देवले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्दै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनलाई नेपालको तेस्रो नम्बरको दीर्घकालिन ब्याटरको रुपमा समेत हेरिदै आएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]