2 years ago
October 24, 2023
एजेन्सी – ओपनर क्विन्टन डिककको शानदार पारिको मद्दतले भारतमा जारी विश्वकप क्रिकेट अन्तर्गत आजको खेलमा दक्षिण अफ्रिकाले बंगलादेश विरुद्ध विशाल योगफल बनाएको छ।
निर्धारित ५० ओभरमा दक्षिण अफ्रिकाले पाँच विकट गुमाउँदै ३८२ रनको विशाल योगफल खडा गरेको हो।
यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो। यसअघि श्रीलंका विरुद्ध ४२८ रन बनाएको दक्षिण अफ्रिकाले इंगल्याण्ड विरुद्ध ३९९ रन खडा गरेको थियो।
दक्षिण अफ्रिकाको इनिङमा ओपनर डिककले १५० बल खेल्दै १५ चौका र ७ छक्काको मद्दतले १७४ रन बनाए। जारी विश्वकपमा उनको तेस्रो शतक हो । डिककले पाँच नम्बरमा ब्याटिङ गर्न आएका हेनरिक क्लासनसँग मिलेर चौथो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए।
क्लासनले दुई चौका र आठ छक्काका साथ ५० बलमा ९० रन बनाए। उनी अन्तिम ओभरमा गएर मात्र आउट भएका थिए।
ओपनर रिजा हेन्ड्रीक्स १२ रन बनाएर शोरीफुल इस्लामको बलमा बोल्ड भएका थिए। तेस्रो नम्बरमा आएका र्यासि भ्यान डर डसेनले पनि १ रन मात्र बनाउँदै मेहिदि हसन मिराजको सिकार बने।
त्यसपछि डीकक र कप्तान एइडन मारक्रम मिलेर तेस्रो विकेटका लागि १३१ रनको साझेदारी गरेका थिए। मारक्रम ६९ बलमा सात चौकाको मद्दतमा ६० रन बनाएर आउट भए।
डेभिड मिलर १५ बलमा एक चौका र चार छक्का सहित १५ बलमा ३४ रन बनाउँदै अभिजित रहे। यस्तै मार्को यानसन एक रनमा अभिजित रहे।
बंगलादेशका लागि हसन महमूदले छ ओभरमा ६७ रन खर्चिदै सर्वाधिक दुई विकेट लिए। यस्तै मेहिदि हसन मिराज, शोरीफुल इस्लाम र कप्तान शकिब अल हसनले समान एक-एक विकेट लिए।
दक्षिण अफ्रिका चार खेलमा तीन जित र एक हार सहित ६ अंक जोड्दै तेस्रो स्थानमा रहँदा बंगलादेश भने चार खेलमा एक जित र तीन हार सहित सातौं स्थानमा छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]