default_image

2 years ago

October 25, 2023

म्याक्सवेलको कीर्तिमानी शतकमा अष्ट्रेलियाको विशाल योगफल

6331 views

0 Bookmark

एजेन्सी – ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकको मद्दतले अष्ट्रेलियाले विश्वकप क्रिकेटमा नेदरल्याण्ड्स विरुद्ध विशाल योगफल खडा गरेको छ । अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकट गुमाउँदै ३ सय ९९ रन बनाएको हो । अष्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले ।


म्याक्सवेलले ४० बलमा शतक बनाउने क्रममा विश्वकप इतिहासको सबैभन्दा छिटो शतक बनाउने किर्तिमान तोडेका हुन् । उनले ४० बलमा शतक बनाउँदै यसै विश्वकपमा दक्षिण अफ्रिकाका एइडन मारक्रमले ४९ बलमा बनाएको शतकको कीर्तिमान तोडेका हुन् ।

टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाका सुरुवाती ब्याटर मिचेल मार्स ९ रन बनाएर फर्किएका थिए । तर अर्का ओपनर वार्नरले ९३ बलमा ११ चौका र ३ छक्का सहित १ सय ४ रन बनाए । वार्नर र स्टिभ स्मिथले तेस्रो विकेटका लागि १४२ रनको साझेदारी गरेका थिए। स्मिथले ९ चौका र १ छक्का सहित ६८ बलमा ७१ रन बनाए ।
चौथो नम्बरमा ब्याटिङ गरेका मार्नस ल्याबुसेनले पनि ४७ बलमा ७ चौका र २ छक्का सहित ६२ रन बनाए । जोस इंग्लिस १४ रन बनाएर आउट भए ।
त्यसपछि ४०औं ओभरमा ब्याटिङ गर्न आएका म्याक्सवेलले ४४ बलमा ९ चौका र ८ छक्का सहित विष्फोटक पारि खेल्दै १ सय ६ रन बनाए । यस्तै क्यामरन ग्रीनले ८ रन बनाउँदा मिचेल सटार्कले रन बनाउन सकेनन् । कप्तान प्याट कमिन्स १२ र एडम जाम्पा १ रनमा नटआउट गरे।
बलिङ तर्फ नेदरल्याण्ड्सका बास डे लेडा ओडीआईको एक खेलमा सर्वाधिक रन खर्चिनै बलर बनेका छन् । २ विकट लिएका उनले १० ओभरमा १ सय १५ रन खर्चेका हुन् । यसअघि एडम जाम्पाले दक्षिण अफ्रिका विरुद्ध यही वर्ष १ सय १३ रन खर्चिएर मिक लुइसको बिर्सनलायक कीर्तिमान बराबरी गरेका थिए।
नेदरल्याण्ड्सका लोगन भ्यान बिकले १० ओभरमा ७४ रन खर्चेर सर्वाधिक ४ विकट लिए । यस्तै आर्यन दत्तले १ विकेट लिए।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.