2 years ago
October 26, 2023
एजेन्सी – साविक विजेता इंग्ल्यान्डले पुन खराब ब्याटिङ गरेपछि आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई १ सय ५७ रनको सामान्य लक्ष्य दिएको छ । बेंगलोरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्यान्ड ३३.२ ओभरमा १ सय ५६ रनमा अल आउट भयो ।

इंग्ल्यान्डका बेन स्टोक्सले ७३ बलमा ६ चौकासहित सर्वाधिक ४३ रन बनाए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । इंग्ल्यान्डलाई ओपनर डेविड मलान र जोनी बेयरस्टोले ६.३ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । मलान स्पिनर एन्जिलो म्याथ्युजको बलमा कुशल मेन्डिसबाट २८ रनमा क्याच आउट भए । मलानले २५ बलमा ६ चौकासहित २८ रन बनाए ।
त्यसपछि इंग्ल्यान्डको ब्याटिङ सम्झन लायक रहेन । जो रुट ३ रनमा रन अउट भए । जोनी बेयरस्टो ३१ बलमा ३ चौकासहित ३० रनमा क्याच आउट भए । बेयरस्टो तीव्र गतिका बलर कसुन रजिथाको बलमा धनन्जय डि सिल्भाबाट क्याच आउट भए । त्यो समय इंग्ल्यान्ड १३.२ ओभरमा ६८-३ को अवस्थामा थियो ।
लाहिरु कुमाराको बलमा जस बटलर एक रनमा कुशल मेन्डिसबाट क्याच आउट हुँदा ७७-४ को अवस्थामा पुगेको थियो । मोईन अली १५, क्रिस वोक्स शून्य र लियाम लिभिङस्टोन १ रनमा आउट भएपछि इंग्ल्यान्ड २५.५ ओभरमा १२३-७ को दयनीय अवस्थामा पुगेको थियो । लाहिरु कुमाराको ३१ औं ओभरको पहिलो बलमा बेन स्टोक्स पुल सर्ट खेल्ने धुनमा डिप मिडविकेटमा क्याच आउट भएपछि इंग्ल्यान्डको अन्तिम आशा समाप्त भएको थियो ।

डेविड विल्ली १४ रनमा नट आउट हुँदा मार्क वुड ५ रनमा आउट भए । श्रीलंकाका तीव्र गतिका बलर लाहिरु कुमाराले ७ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । एन्जिलो म्याथ्युजले ५ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिए । कसुन रजिथाले ७ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।
इंग्ल्यान्ड ४ खेलमा १ मा जितसहित आठौं स्थानमा छ । यस खेलमा पराजित हुँदा इंग्ल्यान्डको सेमिफाइनल सम्भावना लगभग सकिने देखिन्छ । श्रीलंका ४ खेलमा १ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]