default_image

2 years ago

October 26, 2023

फाइनलमा युएईविरुद्ध नेपालको सम्भावित प्लेइङ-११

4321 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा शुक्रबार युएईसँग खेल्दैछ । खेल बिहान-११ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले हङकङ र युएईलाई समान दुई खेलमा हराएको थियो । युएईले हङकङलाई एक खेलमा हराउँदै नेटरनरेटका कारण फाइनलमा पुगेको थियो । समान २ अंक भएपनि युएई नेटरनरेटको कारण फाइनल खेलेको हो ।

नेपालले पछिल्लो खेलमा युएईलाई ५ विकेटले हराएको थियो । उक्त खेलबाट नेपालले टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । अलराउन्डर विवेक यादवलाई बेन्चमा राख्दै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिने सम्भावना छ । पछिल्लो समय ललित युएईविरुद्ध हाबी हुँदै आएका छन् ।

चोटपछि फर्किएका उनी टोलीको प्रमुख स्पिनरको रुपमा खेल्ने सम्भावनाछ । सन्दीप लामिछाने टोलीमा छैनन् । त्यसैको कारण ललित प्रमुख स्पिनर हुन् । अर्कोतर्फ विश्वकप छनोट अघि यो अन्तिम खेल हुँदा ललितलाई मौको दिने देखिन्छ । ललितलाई पार्टटाइम स्पिनर दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले साथ दिनेछन् । आवश्यक परेमा रोहित पौडेल र कुशल भुर्तेल विकल्प हुनसक्छन् ।

नेपालको टोलीमा अन्य परिवर्तनको सम्भावना छैन । ओपनरमा कुशल भुर्तेल र आसिफ शेख हुनेछन् । कुशल भर्तेलबाट टोली फाइनलमा उत्कृष्ट प्रदर्शन चाहन्छ । आसिफले युएईविरुद्ध ५० बलमा ६२ रन बनाएका थिए । त्यसले उनको मनोबल फेरिन सक्छ । नेपालले पछिल्ला दुुई खेलमा सोमपाल कामीलाई तेस्रो नम्बरमा पठाएको थियो ।

तर युएईविरुद्ध कुशल मल्ल तेस्रो नम्बरमा खेल्नेछन् । कुशल मल्ल नेपालका प्रमुख टि२० खेलाडी हुन् । उनको प्रदर्शन महत्वपूर्णहुनेछ । सोमपाल तल्लोक्रममा खेल्नेछन् ।

चौथोमा कप्तान रोहित पौडेल र पाँचौंमा दीपेन्द्रसिंह ऐरी हुनेछन् । दीपेन्द्र नेपालका फिनिसर हुन् । पछिल्लो खेलमा युएईविरुद्ध दीपेन्द्रले १५ बलमा ४० रन बनाउँदै नेपालको जित पक्का गराएका थिए । दीपेन्द्रको ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रदर्शन नेपालको लागि महत्वपूर्ण हुनेछ ।

नेपालको ब्याटिङमा गहिराई छ । करण केसी, सोमपाल कामी र गुलशन झा पनि राम्रो ब्याटिङ गर्र्ने गर्दछन् । करण युएईलाई भारी पर्नसक्छन् । नेपालका तीव्र गतिका बलर करण केसी र सोमपाल कामीको बलिङ महत्वपूर्ण हुनेछ । युएईको ब्याटिङ शीर्षक्रममा निर्भरछ । ओपनर मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान प्रमुख ब्याटर हुन् । त्यसैले सुरुवातमा करण र सोमपालको बलिङ निकै महत्वपूर्ण हुने देखिन्छ ।

यी तीन ब्याटरको प्रदर्शनले युएईको योगफल निर्धारण हुने देखिन्छ । अभिनाश बोहरा नेपालको डेथ ओभर स्पेलिष्ट बलर हुन् । नेपालसँग तीन प्रमुख तीव्र गतिका बलर हुनेछन् । गुलशन झा पार्टटाइम तीव्र गतिका बलर हुनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.