default_image

2 years ago

October 27, 2023

युएईका दुई यू१९ खेलाडी नेपालविरुद्ध फाइनल खेल्दै

1431 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका दुई यू-१९ खेलाडीले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपालविरुद्ध खेल्ने भएका छन् । टियु क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

एसिसी यू१९ प्रिमियर कपमा नेपालविरुद्ध फाइनल खेलेका कप्तान आयन खान र ओपनर अर्यांश शर्मा आज खेल्दैछ । दुई यू१९ खेलेर आएका खेलाडीलाई युएईले टोलीमा समेटेको हो ।

आयन आउँदा बलिङ आक्रामणसँगै तल्लोक्रममा ब्याटिङ मजबुत हुनेछ । अर्यांश शर्मा ओपनर हुन् । अर्यांश आउँदा ओपनर खालिद शाह बेन्चमा छन् । आयन आउँदा निलांश केश्वानीलाई बेन्चमा राखेको छ । नेपालले एक परिवर्तन गरेको छ । ललित नारायण राजवंशी टोलीमा आउँदा विवेक यादव बेन्चमा छन् ।

युएईको प्लेइङ ११ :

मोहम्मद वासिम (कप्तान), एलिशान सराफु, आसिफ खान, बासिल हामिद, अली नासिर, आयन खान, जहुर खान, मोहम्मद जवादुल्लाह, जुनैद सिद्धिक अर्यांश शर्मा र वृत्य अरविन्द ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.