2 years ago
October 27, 2023
एजेन्सी – भारतीय युवा अलराउन्डर रियान पराग टि२० क्रिकेटमा लगातार ६ अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । भारतको चर्चित घरेलु प्रतियोगिता सैद मुश्ताक अली ट्रफीमा आसमबाट लगातार ६ अर्धशतक प्रहार गरेका हुन् ।

उनले केरलाविरुद्ध ५७, हिमाचल प्रदेशविरुद्ध ७२, छत्तीसगढविरुद्ध ७६, सिक्किमविरुद्ध ५३, सर्भिसविरुद्ध ७६ र बिहारविरुद्ध ६१ रन बनाएका थिए । यसअघि ७ खेलाडीले टि२० क्रिकेटमा लगातार पाँच पटकसम्म ५० माथि रन बनाएका थिए ।
भारतका विरेन्द्र सहवाग, जिम्बाबेका हामिल्टन कसाकाड्जा, पाकिस्तानका कमरन अकमल, इंग्ल्यान्डका जस बटलर, अष्ट्रेलियाका डेविड वार्नर, न्युजिल्यान्डका डेभन कन्वे र इटालीका माडसेनले टि२० क्रिकेटमा लगातार पाँच पटक सम्म ५० माथि रन बनाएका थिए ।
टि२० आई अर्थात राष्ट्रिय टोलीबाट लगातार चार पटक सम्म ५० माथि रन बनाउने ६ खेलाडी छन् । न्युजिल्यान्डका ब्रेन्डन म्याककुलम, वेस्टइन्डिजका क्रिस गेल, नामिबियाका क्रेग विलियम्स, क्यानडाका रयान पठान, फ्रान्सका गुस्तव म्याककेओन र दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले लगातार चार पटक टि२० आईमा ५० रन पूरा गरेका थिए ।
भारतलाई २०१८ को यू१९ विश्वकप उपाधि जिताउदा सदस्य रियानले भारतीय ए टोलीबाट खेली सकेका छन् । इन्डियन प्रिमियर लिग(आइपिएल) राजस्थान रोयल्सबाट खेल्ने गर्दछन् । स्पिन बलिङ गर्ने उनी मध्यक्रम र तल्लोक्रममा खेल्ने गर्दछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]