2 years ago
October 27, 2023
एजेन्सी – युएईका युवा स्पिनर आयन खान नेपाल फर्केको पहिलो खेलमै प्लेयर अफ द म्याच चुनिएका छन् । त्रिकोणात्मक टि२० आई सिरिजको फाइनल खेलमा घरेलु टोली नेपाललाई चार विकेटले हराउन आयनले उत्कृष्ट बलिङ गर्दै प्लेयर अफ द म्याच चुनिएका हुन् ।

आयनले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएपछि टियुमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल निर्धारित २० ओभरमा १ सय ६२ रनमा रोकिएको थियो । आयनले आफ्नो पहिलो तथा टोलीको पाँचौं ओभरको अन्तिम बलमा ओपनर आसिफ शेखलाई ७ रनमा बोल्ड आउट गरेका थिए ।
उनले नेपालका टि२० प्रमुख खेलाडी कुशल मल्ललाई सातौं ओभरको चौथो बलमा एक रनमा बोल्ड गरेका थिए । सोमपाल कामीलाई १३ रनमा बोल्ड गर्दै कम योगफलमा रोकेका थिए ।
टोलीलाई ८ बलमा १२ रन चाहिँदा उनी ब्याटिङ गर्न क्रिजमा आएका थिए । अभिनाश बोहराको १९ औं ओभरको पाँचौं बल डट गर्दा अन्तिम बलमा एज लागेर चौका प्रहार गरेका थिए । उनको उक्त चौकाको सहयोगमा युएईलाई अन्तिम ६ बलमा जितको लागि ७ रन चाहिँएको थियो ।

आयन मलेसियामा सम्पन्न एसिसी यू१९ प्रिमियर कपको फाइनल खेलेर नेपाल फर्किएका थिए । नेपालले मंगलबार फाइनलमा युएईलाई १९ रनले हराउँदै यू१९ प्रिमियर कपको उपाधि जितेको थियो । उक्त फाइनल खेलेपछि उनी नेपाल आएका थिए । त्यसैको कारण आयनले त्रिकोणात्मक सिरिजमा हङकङ र नेपालसँगको खेल लिगका सबै गुमाएका थिए ।
आयनले यू१९ प्रिमियर कपमा ५ खेलमा १८ विकेट लिँदै प्रतियोगिता उत्कृष्ट बलर चुनिएका थिए । १७ वर्षीय उनी युएईका प्रमुख स्पिन अलराउन्डर हुन् । उनले युएईबाट २५ ओडिआईमा खेलमा ३ अर्धशतकसहित कुल ४ सय ५० रन बनाउनुको साथै ३२ विकेट लिएका छन् ।
१७ टि२० आई खेलमा १५ विकेट लिनुको साथै १ सय २६ रन बनाएका छन् । टि२० आई करिअरमा नेपालविरुद्ध खेल उनको उत्कृष्ट प्रदर्शन हो ।

आयनले २०२२ नोभेम्बरमा ओडिआईमा नेपालविरुद्ध टियुमा डेब्यू गर्दै १० ओभरमा ४ मेडनसहित १४ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए । युएईको ओडिआई मान्यता जोगाउन उनको प्रदर्शन महत्वपूर्ण छ । उनले युएईको यू१९ टोलीको कप्तानी समेत गर्दै आएका छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]