default_image

2 years ago

October 27, 2023

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

3950 views

0 Bookmark

एजेन्सी – दक्षिण अफ्रिकाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि एक विकेटको रोमान्चक जित हात पार्दै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै दक्षिण अफ्रिकाले घरेलु टोली भारतलाई पछि पार्दै अंक तालिकामा शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि २ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४७.२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । दक्षिण अफ्रिकाको जितमा मध्यक्रमका ब्याटर एडेन माक्ररमले ९३ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ९१ रनको योगदान दिए । स्पिनर उस्मा मिरको ४१ औं ओभरको दोस्रो बलमा माक्ररम बाबर आजमबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए ।

ओपनर टेम्बा बभुमा २७ बलमा ४ चौका र १ छक्कासहित २८ रनमा आउट भए । क्विन्टन डि कक १४ बलमा ५ चौकासहित २४, रास्सी भान डर डुसेन २१ र हेनरिक क्लासेन १२ रनमा आउट भए । डेविड मिलर ३३ बलमा २ चौका र २ छक्कासहित २९ रनमा आउट भए । मिलर शाहिन शाह अफ्रिदीको बलमा रिजवानबाट क्याच आउट भएका थिए । हरिस रौफले मार्को यानसनलाई २० रनमा आउट गरे ।

पाँचौं विकेटका लागि मिलर र माक्ररमले ७० रनको साझेदारी गरेका थिए । दक्षिण अफ्रिकालाई जितको लागि अन्तिम ६० बलमा २२ रन चाहिँदा हातमा ४ विकेट थियो । क्रिजमा एडेन माक्ररम ९१ र जेराल्ड कोट्जी ९ रनमा थिए ।

४१ औं ओभरको दोस्रो बलमा उस्मा मिरले माक्ररमलाई बाबर आजमबाट क्याच आउट गराए । अफ्रिदीको ४२ औं ओभरको पहिलो बलमा कोट्जी एज लागेर १० रनमा रिजवानबाट क्याच आउट भए । त्यसपछि दक्षिण अफ्रिकाले खेलमा संघर्ष गरेको थियो । पाकिस्तानका तीव्र गतिका बलरले निरन्तर दबाबमा राखेका थिए ।

हरिस रौफले ४६ औं ओभरको तेस्रो बलमा लुन्गी एनगिडीको क्याच आफैं एक हातले लिएपछि खेल रोमान्चक बनेको थियो । त्यो समय दक्षिण अफ्रिकालाई जितको लागि ११ रन चाहिँएको थियो । यसै ओभरको अन्तिम बलमा तबरेज शाम्शीको एलबीडब्लू आउटको रिभ्यु पाकिस्तानले लिएको थियो । अम्पायर कलबाट शाम्सी बचेका थिए । केशव महाराजले मोहम्मद नवाजलाई लेग साइडमा चौका हान्दै खेल जिताए ।


महाराज २१ बलमा १ चौकासहित ७ रनमा नट आउट रहे । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदील १० ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । हरिस रौफले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । मोहम्मद वासिम जुनियरले १० ओभरमा १ मेडनसहित ५० रन खर्चेर २ विकेट लिए । स्पिनर उस्मा मिरले ८ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ४६.४ ओभरमा २ सय ७० रनमा अल आउट भएको थियो । पाकिस्तानका मध्यक्रमका ब्याटर साउद सकिलले ५२ बलमा ७ चौकासहित सर्वाधिक ५२ रन बनाएका थिए ।

कप्तान बाबर आजमले ६५ बलमा ४ चौका र १ छक्कासहित ५०, ओपनर अब्दुल्लाह शफिक ९, इमाम उल हक १२, मोहम्मद नवाज २४, शाहिन शाह अफ्रिदी २, मोहम्मद वासिम जुनियर ७ र मोहम्मद रिजवान ३१ रनमा आउट भए ।

शादब खान ३६ बलमा ३ चौका र २ छक्कासहित ४३ र इफ्तिखार अहमद २१ रनमा आउट भए । दक्षिण अफ्रिकाकाको जितमा स्पिनर तबरेज शाम्सीले १० ओभरमा ६० रन खर्चेर ४ विकेट लिए । मार्को यानसनले ९ ओभरमा १ मेडनसहित ४३ रन खर्चेर ३ विकेट लिए । जेराल्ड कोट्जी ७ ओभरमा ४२ रन खर्चेर २ विकेट लिए ।

यो जितसँगै दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंक भएपनि नेटरनरेटका कारण दोस्रो स्थानमा छ । न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ ।

पाकिस्तानको यस हारले अष्ट्रेलियालाई भने फाइदा पुग्नेछ । अष्ट्रेलियाले बाँकी सबै खेल जितेको खण्डमा सहजै सेमिफाइनलमा स्थान बनाउनेछ । चार मध्य एक खेल हार्दा पनि अष्ट्रेलिया १२ अंकका साथ सेमिफाइनल खेल्न सक्छ ।

पाकिस्तानको भने सेमिफाइनल सम्भावना अव अंक गणीतिय झिनो मात्रै बाँकी छ । पाकिस्तान ६ खेलमा २ मा जित र ४ मा हारसहित छैटौं स्थानमा छ । पाकिस्तानले लगातार चार खेल हारेको हो । पाकिस्तानले अव ३१ अक्टोबरमा बंगलादेश, ४ नोभेम्बरमा न्युजिल्यान्ड र ११ नोभेम्बरमा इंग्ल्यान्डसँग खेल्नेछ ।

यी सबै खेल जितेर मात्रै सेमिफाइनलमा पुग्न सक्दैन । अष्ट्रेलिया र इंग्ल्यान्डले बाँकी सबै खेल हार्नुपर्ने हुन्छ । अन्य टोलीको नतिजा पनि आफु अनुकुल आउनुपर्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.