default_image

8 months ago

October 28, 2023

सन्दीपलाई समेट्दै नेपालको विश्वकप छनोट खेल्ने टोली घोषणा

7945 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली तथा उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार देखी सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा छन् ।

सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टि२० आई सिरिज खेलेका थिएनन् । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन । अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

नेपालको टोली :

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

June 16, 2024

अष्ट्रेलियाको जितसँगै इङ्ल्यान्ड सुपर ‘एट’मा

एजेन्सी – अष्ट्रेलियाले स्कटल्यान्डलाई हराएपछि इङ्ल्यान्ड आइसिसी टि-२० विश्वकपको सुपर ‘एट’ मा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा अष्ट्रेलियाले स्कटल्यान्ड माथि ५ विकेटको जित निकालेपछि इङ्ल्यान्ड नेट रन रेटका आधारमा स्कटल्यान्ड भन्दा अगाडि रहँदै अन्तिम आठमा पुग्ने पक्का भएको हो । गएराति अर्को खेलमा इङ्ल्यान्डले डकवर्थ लुइसका आधारमा नामिबियालाई ४१ रनले पराजित गरेको […]

June 15, 2024

१ रनले हारेसँगै नेपाल विश्वकपबाट बाहिरियो

किङ्गसटाउन (हाम्रो खेलकुद) – दक्षिण अफ्रिका विरुद्ध १ रनले पराजीत भएसँगै नेपाल आइसिसी टि-२० विश्वकपबाट बाहिरिएको छ । दक्षिण अफ्रिका विरुद्धको पहिलो भेटमा नेपाल १ रनको झिनो अन्तरले पराजित हुँदै विश्वकपबाट बाहिरिएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ७ विकेटको क्षतिमा ११४ रन मात्र बनाउन सक्यो । अन्तिम दुई ओभरमा […]

June 15, 2024

नेपाललाई १ सय १६ रनको विजय लक्ष्य

किङ्गसटाउन (हाम्रो खेलकुद) – स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित नेपालले आइसिसी टि-२० विश्वकपमा दक्षिण अफ्रिकालाई मध्यम योगफलमा रोकेको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय १५ रन बनायो । नेपालले पिचमा स्पिनका लागि सहायता भएका कारण चार स्पिनर प्रयोग गर्दै दक्षिण अफ्रिकालाई दबाबमा राखेको थियो […]

Success

Thank you for your time.