2 years ago
October 28, 2023
एजेन्सी – अष्ट्रेलियाका बायाँ हाते ओपनर ट्रविस हेडले आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डविरुद्ध विष्फोटक शतक हानेका छन् । धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले २२ ओभरमा १ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको छ ।

हेड ६० बलमा १० चौका र ६ छक्कासहित १ सय १ रनमा क्रिजमा छन् । हेडले ५९ बलमै शतक पूरा गरेका हुन् । उनको यो ओडिआई करिअरको चौथो शतक हो । विश्वकपमा उनको पहिलो शतक हो ।
हेड गत सेप्टेम्बरमा दक्षिण अफ्रिकाविरुद्ध चौथो ओडिआई खेल्नेक्रममा घाइते भएका थिए । तीव्र गतिका बलर जेराल्ड कोट्जीको बलले लागेर उनको बायाँ हातमा चोट लागेको थियो । त्यसैको कारण उनले विश्वकपको सुरुवाती पाँच खेल खेलेका थिएनन् । उनी नहुँदा मिचेल मार्शले ओपनिङ गरेका थिए । तर हेड फर्किदा मार्शले तेस्रो नम्बरमा खेल्नेछन् । उनको आगमनले अष्ट्रेलिया ब्याटिङ झनै उत्कृष्ट बन्नेछ ।
पहिलो विकेटका लागि हेड र डेविड वार्नरले १९.१ ओभरमा १ सय ७५ रनको सानदार शतकीय साझेदारी गरेका थिए । वार्नर ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रनमा ग्लेन फिलिप्सको बलमा कट एण्ड बोल्ड आउट भए । यसअघि पाकिस्तानसँग १ सय ६३ र नेदरल्यान्ड्ससँग १ सय ४ रन बनाएका वार्नर शतकमा ह्याट्रिक हान्न चुकेका थिए ।
न्युजिल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । अष्ट्रेलिया ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । शीर्ष चारमा रहँदै सेमिफाइनल खेल्न विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलियालाई आजको खेल जित्नै पर्ने दबाब छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]