default_image

2 years ago

October 28, 2023

सानदार ब्याटिङका बाबजुद न्युजिल्यान्ड अष्ट्रेलियासँग पराजित

2447 views

0 Bookmark

एजेन्सी – न्युजिल्यान्ड सानदार ब्याटिङ प्रदर्शनका बाबजुद आइसिसी विश्वकप २०२३ मा अष्ट्रेलियासँग पाँच रनले पराजित भएको छ । युवा ब्याटर रचिन रविन्द्रको सानदार शतकका बाबजुद न्युजिल्यान्डले जारी विश्वकपमा दोस्रो हार व्यहोरेको छ ।

जितको लागि ३ सय ८९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ८३ रन बनायो । न्युजिल्यान्डका रचिन रविन्द्रले ८९ बलमा ९ चौका र ५ छक्कासहित १ सय १६ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन् । जारी विश्वकप र उनको करिअरको यो दोस्रो शतक हो । इंग्ल्यान्डविरुद्ध पहिलो खेलमा रचिनले १ सय २३ रन बनाएका थिए ।

न्युजिल्यान्डलाई जितको लागि अन्तिम ६ बलमा १९ रन चाहिँएको थियो । मिचेल स्टार्कले पहिलो बल ट्रेन्ट बोल्टलाई एक रन दिए । दोस्रो बल लेग वाइको रुपमा वाइड हुँदै चौका गएपछि पाँच बलमा जितको लागि १३ रन चाहिँएको थियो ।

दोस्रो बलमा दुई रन बटुले । चार बलमा ११ रन चाहिँएको थियो । तेस्रो र चौथो बलमा निसमले दुई दुई रन बटुले । दुई बलमा ७ रन चाहिँएको थियो । पाँचौं बलमा दुई रन लिनेक्रममा निसम रन आउट भएपछि खेल थप रोचक बनेको थियो । अन्तिम बलमा जितको लागि ६ रन चाहिँएको थियो । लोकी फर्गुसनलाई डट राख्दै अष्ट्रेलिया पाँच रनको रोमान्चक जित हात पार्यो ।

निशमले ३९ बलमा ३ चौका र ३ छक्कासहित ५८ रन बनाउँदै खेल रोमान्चक बनाएका थिए । ओपनर डेभन कन्वे १७ बलमा ६ चौकासहित २८ रनमा मिचेल स्टार्कबाट क्याच आउट भए । तीव्र गतिका बलर जोश हेजलवुडको बलमा फाइनल लेगमा उनी क्याच आउट भएका थिए ।

विल योंग ३७ बलमा ४ चौका र १ छक्कासहित ३२ रनमा स्टार्कबाटै क्याच आउट भए । हेजलवुडकै बलमा कट खेल्ने धुनमा उनी फस्ट स्लिपमा क्याच आउट भएका थिए । त्यो समय न्युजिल्यान्ड ९.४ ओभरमा ७२-२ को अवस्थामा थियो । तेस्रो विकेटका लागि डर्याल मिचेल र रविन्द्रले ९६ रनको साझेदारी गर्दै जितको आशा देखाएका थिए ।

तर स्पिनर एडम जाम्पाको २४ औं ओभरको अन्तिम बलमा मिचेल स्टार्कबाटै क्याच आउट भए । डर्याल मिचेलले ५१ बलमा ६ चौका र १ छक्कासहित ५४ रन बनाए । टम लाथम २१ र ग्लेन फिलिप्स १२ रनमा आउट भएपछि जित केहि कठिन बनेको थियो ।
तर एक एन्डबाट रचिनले जितको आशा जगाई राखेका थिए । प्याट कमिन्सको ४१ औं ओभरको दोस्रो बलमा ठूलो सर्ट खेलको रचिन लङअफमा मार्नस लाबुसेनबाट क्याच आउट भएपछि जितको सम्भावना निकै कठिन बनेको थियो ।

अष्ट्रेलिया स्पिनर एडम जाम्पाले १० ओभरमा ७३ रन खर्चेर ३ विकेट लिए । प्याट कमिन्सले १० ओभरमा ६६ रन खर्चेर २ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ७० रन खर्चेर २ विकेट लिए ।

त्यसअघि धर्मशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ४९.२ ओभरमा ३ सय ८८ रनमा अल आउट भएको थियो ।

अष्ट्रेलिया जितमा चोटपछि टोलीमा फर्किदै पहिलो खेल खेलेका ट्रविस हेडले ६७ बलमा १० चौका र ७ छक्कासहित सर्वाधिक १ सय ९ रनको सानदार शतकीय इनिङ खेले । हेडले ५९ बलमै शतक पूरा गरेका हुन् । विश्वकपको आफ्नो पहिलो खेलमै उनले शतक हानेका हुन् ।

अष्ट्रेलियालाई ओपनर हेड र डेविड वार्नरले १९.१ ओभरमा १ सय ७५ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । वार्नर ६५ बलमा ५ चौका र ६ छक्कासहित ८१ रनमा ग्लेन फिलिप्सको बलमा कट एण्ड बोल्ड आउट भए । यसअघि पाकिस्तानसँग १ सय ६३ र नेदरल्यान्ड्ससँग १ सय ४ रन बनाएका वार्नर शतकमा ह्याट्रिक हान्न चुकेका थिए ।

सुरुवाती १० ओभरमा यी दुई ओपनरले १ सय १८ रन बनाएका थिए । एक समय चार सय रन सजिलै कटाउने सम्भावना देखाएपनि मध्यक्रममा लगातार विकेट गुमाउँदा त्यो सफलता हात पार्न सकेन । मिचेल सान्टनारले मिचेल मार्शलाई ३६ रनमा बोल्ड आउट गरे । ५१ बल खेलेका मार्शले २ चौका हानेका थिए । फिलप्सको बलमा स्टिभ स्मिथ १८ रनमा क्याच आउट भए ।
सातौं विकेटका लागि जोश इंग्लिस र प्याट कमिन्सले २२ बलमा ६२ विष्फोटक साझेदारी गरेका थिए ।

इंग्लिस २८ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा क्याच आउट भए । प्याट कमिन्स १४ बलमा २ चौका र ४ छक्कासहित ३७ रनमा एलबीडब्लू आउट भए । ट्रेन्ट बोल्टले ४९ औं ओभरको सुरुवाती तीन बलमा कमिन्स र इंग्लिसलाई आउट गरेका थिए ।

ग्लेन म्याक्सवेल २४ बलमा ५ चौका र २ छक्कासहित ४१ रनमा आउट भए । मार्नस लाबुसेन १८ र मिचेल स्टार्क १ रनमा आउट भए । न्युजिल्यान्डका ग्लेन फिलिप्सले १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए ।

मिचेल सान्टनारले १० ओभरमा ८० रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । जेम्श निसम र म्याट हेनरीले समान एक विकेट लिए ।

यो जितसँगै अष्ट्रेलिया ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । न्युजिल्यान्ड ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा छ । अष्ट्रेलियाले अव इंग्ल्यान्ड, अफगानिस्तान र बंगलादेशसँग खेल्न बाँकी छ । तीन मध्य दुई खेल जित निकाले अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ ।

उता न्युजिल्यान्डले दक्षिण अफ्रिका, पाकिस्तान, श्रीलंकासँग खेल्न बाँकी छ । न्युजिल्यान्डलाई पनि तीन मध्य दुई खेलमा जित आवश्यक पर्दछ ।

दक्षिण अफ्रिका ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा छ । भारत ५ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । श्रीलंका ५ खेलमा ४ अंकका साथ पाँचौं स्थानमा छ । पाकिस्तान ६ खेलमा ४ अंकका साथ छैटौं स्थानमा छ । इंग्ल्यान्ड ५ खेलमा २ अंकका साथ नवौं स्थानमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.