2 years ago
October 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल सोमबार देखी नेपालमा सुरु हुँदैछ । प्रतियोगिता कार्तिक १३ देखी १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ । नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन् ।

समूह ए का सबै खेल टियु क्रिकेट मैदानमा हुनेछन् । समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् ।
विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । टि२० विश्वकप छनोटमा विपक्षीलाई भारी भन्दै आफ्नो टोलीलाई सहज जित दिलाउन सक्ने ८ स्टार खेलाडी यस प्रकार छन् ।
१. दीपेन्द्रसिंह ऐरी – नेपाल

घरेलु टोली नेपालका दीेपेन्द्रसिंह ऐरी प्रमुख हतियार हुन् । दीपेन्द्र ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रबाट नेपाललाई सहजै जित दिलाउन सक्ने खुबी भएका ब्याटर हुन् । दीपेन्द्रले नेपालबाट ५२ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् ।
२५ विकेट पनि लिएका छन् । दीपेन्द्रले नेपालबाट पाँचौं नम्बरमा खेल्दै फिनिसरको भूमिका निर्वाह गर्नेछन् । पछिल्लो समय उच्च लयमा रहेका दीपेन्द्रको प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । त्रिकोणात्मक टि२० आई सिरिजमा यसै साता हङकङ र युएईविरुद्ध पनि उच्च प्रदर्शन गरेका थिए ।
केहि महिनाअघि ग्लोबल टि२० क्यानडा लिग खेलेपछि उनको प्रदर्शन झनै निखारिएको छ । टोलीका प्रमुख अफ स्पिनर समेत हुन् । दीपेन्द्रले केहि साताअघि मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक प्रहार गरेका थिए । दीपेन्द्र चलेको खण्डमा नेपालले सहज जित हात पार्नसक्छ ।
२.मोहम्मद वासिम – युएई

युएईका कप्तान मोहम्मद वासिमको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । विष्फोटक ब्याटर वासिम चलेको खण्डमा युएईले विश्वकप छनोटमा कुनैपनि टोलीलाई सहजै हराउन सक्छ । वासिम टि२० विशेष खेलाडी हुन् ।
उनले एकै ओभरमा खेललाई मोड्न सक्छन् । ३७ टि२० आई खेलमा वासिमले २ शतक र ११ अर्धशतकसहित कुल १४ सय ३२ रन बनाएका छन् ।
त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा नेपाललाई हराउन उनले आक्रामक ४५ रन बनाएका थिए । युएईको ब्याटिङ शीर्षक्रममा बढी निर्भर हुँदा वासिमको प्रदर्शन झनै महत्वपूर्ण हुनेछ ।
३. अकिब इलियास – ओमान

ओमानका ब्याटिङ अलराउन्डर अकिब इलियास टोलीका प्रमुख हतियार हुन् । ओमानको प्रदर्शन उनमा बढी निर्भर हुने देखिन्छ । अकिब ओपनिङसँगै स्पिन बलिङ पनि राम्रो गर्ने गर्दछन् । अघिल्लो महिना ओमानलाई गल्फ च्याम्पियनसिपको उपाधि जिताउन सानदार प्रदर्शन गरेका थिए ।
अफगानिस्तान ए विरुद्ध लिष्ट ए र टि२० दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालमा अकिबको इतिहास पनि राम्रो छ । २०२० को आइसिसी विश्वकप लिग २ मा नेपाल र अमेरिकाविरुद्ध उनले लगातार दुई शतक हानेका थिए । उच्च लयमा रहेका उनी विपक्षी टोलीलाई भारी बन्न सक्छन् ।
४. बाबर हायात – हङकङ

हङकङका मध्यक्रमका ब्याटर बाबर हायात टोलीका प्रमुख ब्याटर हुन् । अनुभवी बाबरको उच्च प्रदर्शन विना हङकङ विश्वकपमा पुग्न सक्दैन । बाबर चलेको खण्डमा कुनैपनि टोलीलाई निराश बनाउन सक्छन् ।
पाकिस्तानी मुलका बाबरसँग राम्रो अनुभव छ । दबाबमा आफ्नो अनुभवको फाइदा उठाउँदै सानदार प्रदर्शन गर्न सक्छन् । बाबरले हङकङबाट ४९ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित १२ सय १८ रन बनाएका छन् ।
५. विरनदीप सिंह – मलेसिया

मलेसिया युवा ब्याटर विरनदीप सिंहको प्रदर्शन विश्वकप छनोटमा निकै महत्वपूर्ण हुनेछ । अघिल्लो महिना १९ औं एसियाली खेलकुदको क्वाटरफाइनलमा मलेसिया २ रनले बंगलादेशसँग पराजित भएको थियो ।
विरनदीपले ३९ बलमा ३ चौका र ४ छक्कासहित ५२ रन बनाए पनि टोलीलाई जिताउन सकेका थिएनन् । उनी त्यो पिडा टि२० विश्वकपमा अन्त्य गर्न चाहन्छन् ।
मलेसियाको टोलीबाट उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । ६४ टि२० आई खेलमा १ शतक र १२ अर्धशतकसहित कुल १९ सय ४९ रन बनाएका छन् । नेपाल टि२० लिग र एभरेष्ट प्रिमियर लिग जस्ता फ्रेन्चाइज खेली सकेको हुँदा उनलाई टियुको कन्डिसनबारे राम्रो जानकारी पनि छ ।
६. राविजा सानदारुवान– कुवेत

श्रीलंकाली मुलका राविजा कुवेतका प्रमुख ब्याटर हुन् । उनी चलेको खण्डमा कुवेतले ठूला टोलीलाई पनि स्तब्ध पार्न सक्छ । ओपनर उनले पावर प्लेमा आफ्नो आक्रामक ब्याटिङका साथ ठूलो इनिङ खेल्न सक्छन् । उनले ४२ टि२० आई खेलमा १ शतक र ८ अर्धशतकसहित कुल १ हजार ३ सय ११ रन बनाएका छन् ।
७. रिजवान बट –बहराइन

तीव्र गतिका बलर रिजवान बट बहराइनका प्रमुख हतियार हुन् । उनले बहराइनको टोलीबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । तल्लोक्रममा उनले राम्रो रन बनाउन सक्ने खुबी पनि राख्छन् । बहराइनको टोलीबाट उनले २३ खेलमा ३५ विकेट लिएका छन् ।
८.सुरेन्द्रन चन्द्रमोहन – सिंगापुर

सिंगापुरका ओपनर ब्याटर सुरेन्द्रन चन्द्रमोहन टोलीका प्रमुख खेलाडी हुन् । उनले मध्यक्रममा सिंगापुरबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । उनले ३३ टि२० आई खेलमा १ शतक र ३ अर्धशतकसहित कुल ७ सय ५६ रन बनाएका छन् ।
उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध ५२ बलमा ७ चौका र ७ छक्कासहित १ सय रनको शतकीय इनिङ खेलेका थिए । उनले ओपनिङ र मध्यक्रम कुनैपनि स्थानमा राम्रो गर्न सक्छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]