2 years ago
October 29, 2023
एजेन्सी – भारतका प्रमुख ब्याटर विराट कोहली आइसिसी विश्वकप २०२३ मा इंग्ल्यान्डविरुद्ध डक आउट भएका छन् । लखनऊमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले ८ ओभरमा २ विकेट गुमाउँदै ३१ रन बनाएको छ । कप्तान रोहित शर्मा २४ बलमा १ चौका र २ छक्कासहित २० र श्रेयस ऐर २ रनमा क्रिजमा छन् ।
तीव्र गतिका बलर डेविड विल्लीको सातौं ओभरको पाँचौं बलमा कोहली ठूलो सर्टको धुनमा मिडअनमा बेन स्टोक्सबाट क्याच आउट भएका हुन् । ९ बल खेलेका उनले खाता खोल्न सकेनन् । चौथो ओभरको अन्तिम बलमा क्रिस वोक्सले ओपनर शुभमन गिललाई ९ रनमा बोल्ड आउट गरेका थिए ।
इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ ।
यी सबै खेल जितेर मात्रै हुँदैन । भाग्यले साथ दिँदै अन्य टोलीको नतिजा पनि आफू अनुकुल आउनुपर्छ । अष्ट्रेलिया र न्युजिल्यान्डले कम्तिमा दुई खेल हार्नुपर्ने हुन्छ ।
भारत ५ खेलमा अपराजित रहँदै १० अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ । भारतले अव इंग्ल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्ससँग खेल्न बाँकी छ । भारतले बाँकी चार मध्य दुई जित सेमिफाइनलमा पुग्न पर्याप्त हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]