default_image

2 years ago

October 30, 2023

दीपेन्द्रले विश्वकप छनोट गुमाउने उच्च सम्भावना

11950 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउने सम्भावना उच्च बनेको छ । पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।

दीपेन्द्र प्लेइङ ११ मा रहेपनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो । दीपेन्द्र उपचारपछि बैसाखी टेकेर टियु क्रिकेट मैदान फर्किएका थिए । प्रतियोगिताको अवधि एक हप्ता मात्रै हुँदा दीपेन्द्रले पूरा प्रतियोगिता गुमाउने उच्च सम्भावना छ ।

दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका टि२० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ ।

दीपेन्द्रले यसै साता त्रिकोणात्मक सिरिजमा युएई र हङकङविरुद्ध सानदार प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा २०, ४०, ५७ र ३४ रन बनाएका थिए । हङकङसँगको‌ खेलमा‌ भने उनले ब्याटिङ गर्नु परेन।

दीपेन्द्र टोलीमा हुँदा नेपालले एक स्पिनर कम खेलाउँदै आएको थियो । उनी नहुँदा स्पिन आक्रामणमा समेत ठूलो असर पर्नसक्छ । दीपेन्द्रले अफ स्पिन गर्दै टोलीलाई सफलता दिलाउँदै आएका थिए ।

दीपेन्द्र नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ५२ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् । उनी नेपालबाट टि२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडी हुन् ।

उनी नेपालबाट सर्वाधिक टि२० आई खेल्ने खेलाडी समेत हुन् । उनले ५२ खेल खेल्दा करण केसी र सोमपाल कामीले ५१-५१ टि२० आई खेलेका छन् । उच्च लयमा रहेका उनी नहुँदा टोलीको समिकरणमै ठूलो असर पर्ने देखिन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.