2 years ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलमा नेपाल र सिंगापुरबीचको खेलमा १० हजारको भिभिआईपी टिकट काट्ने एक दर्शकले नेपालका पूर्वकप्तान पारस खड्कालाई भेटेका छन् ।

क्यानले भिभिआईपी टिकटको मूल्य १० हजार राखेको थियो । अनिल प्रसाद जोशीले भिभिआइपी पहिलो टिकट किन्दै पारस खड्कालाई भेट्ने अवसर पाएका हुन् । भिभिआइपी टिकट काट्ने दर्शकलाई क्यानले पारससँग भेटसँगै खानाको व्यवस्था पनि गरेको छ ।
सामान्य दर्शकको लागि टिकट मूल्य दुई सय राखिएको छ । विश्वकप छनोटमा नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । नेपालले मंगलबार दिउँसो १ः१५ मा मलेसियासँग टियुमा खेल्नेछ । बिहीबार नेपालले बिहान टियुमा नै ओमानसँग खेल्नेछ ।
समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन् । समूह बी का सबै खेल मुलपानी मैदानमा हुनेछन् । विश्वकप छनोटबाट हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल हुँदै फाइनल पुग्ने दुई टोलीले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकप खेल्न पाउनेछन् । सेमिफाइनल शुक्रबार र फाइनल आइतबार हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]