2 years ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओमानले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनलमा छनोटमा मलेसियालाई ३२ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि १ सय ५४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनायो ।

मलेसियाको लागि विरनदीप सिंह ५३ बलमा २ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहेपनि जिताउन सकेनन् । योसँगै विरनदीप टि२० आई करिअरमा स्कटल्यान्डका रिची बेरिंग्टनपछि २ हजार रन पूरा गर्ने दोस्रो एसोसिएट ब्याटर बनेका छन् ।
विरनदीप बाहेक अन्य कुनैपनि मलेसियाली ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । जुबैदी जुल्फिकी १४, अहमद फैज १३, स्याजरुल एजात इद्रुसले १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओमानका बिलाल खान र जिशान मकसुदले समान दुई विकेट लिए । फयाज बट, सकिल अहमद, आयन खान र अकिब इलियासले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । ओमानको जितमा कप्तान जिशान मकसुद ४६ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५६ रनमा नट आउट रहे । मोहम्मद नदीम ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नट आउट रहे ।
अन्तिम ओभरमा रिजवान हैदरलाई मकसुद र नदिमले दुई छक्का र एक चौका गरि कुल १९ रन बनाएको थियो । त्यसअघिको १९ औं ओभरमा ओमानले १४ रन जोडेको थियो । अन्तिम दुई ओभरको रन ओमानलाई जितको लागि महत्वपूर्ण रह्यो ।

ओपनर कश्याप प्रजापति १६ बलमा ३ चौका र १ छक्कासहित २५, प्रतीक अथवले १२, अकिब इलियास ८, शोएब खान ४ र मेहरान खान १५ रनमा आउट भए ।
मलेसियाका विरनदीप सिंहले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । पवनदीप सिंह, रिजवान हैदर र विजय उन्नीले एक एक विकेट लिए । ओमानले सोमबार पहिलो खेलमा बिहान टियु मैदानमा सिंगापुरसँग खेल्नेछ । मंगलबार मलेसियाले दोस्रो खेल नेपालसँग दिउँसो खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]