2 years ago
October 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको दोस्रो खेलमा मंगलबार मलेसियासँग खेल्दैछ । खेल दिउँसो १ : १५ मा टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । उता मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी घाइते भएपछि नेपाललाई प्लेइङ ११ मा सन्तुलन मिलाउन नै कठिन पर्ने देखिन्छ ।
दीपेन्द्र सोमबार अभ्यास गर्नेक्रममा खेल अघि घाइते हुँदा बायाँ खुट्टाको एंकलमा चोट लागेकोा थियो । त्यसैको कारण प्लेइङ-११ मा भएपनि उनी खेल्न नसक्ने भएपछि नेपालले विवेक यादवलाई उनको स्थानमा खेलाएको थियो । दीपेन्द्र हुँदा नेपालको तल्लोक्रम मजबुत हुनुको साथै स्पिन आक्रामण उत्कृष्ट हुने गर्दथ्यो ।
नेपालले दीपेन्द्रको स्थानमा विवेकलाई निरन्तरता दिनसक्छ । तर विवेकलाई निरन्तरता दिँदा नेपालको तीव्र गतिमा पाँच विकल्प हुनेछन् । करण केसी, सोमपाल कामी र अभिनाश बोहरा नेपालका प्रमुख तीव्र गतिका बलर हुन् । विवेक र गुलशन पार्टटाइम बलर हुनेछन् ।

स्पिनर ललितलाई खेलाउदा नेपालको ब्याटिङ केहि कमजोर बन्ने छ । विवेकलाई खेलाउँदा स्पिन आक्रामण कमजोर बन्ने देखिन्छ । सन्दीप लामिछानेलाई अको एन्डबाट साथ दिने भरपर्दो स्पिनरको कमी हुनेछ । दोस्रो स्पिनरको रुपमा कुशल मल्ल प्रयोग गर्नुपर्ने हुन्छ । रोहित पौडेल र कुशल भुर्तेल विकल्पमा हुनेछन् ।
ललित पूर्ण रुपमा फिट छैनन् । त्यसैको कारण उनलाई खेलाउँदा फिल्डिङमा पनि असर पर्ने देखिन्छ । ललितमाथि जोखिम लिने सम्भावना निकै कम छ । त्यसैले नेपालले मलेसियासँग खेलमा विवेक यादवलाई निरन्तरता दिने देखिन्छ । नेपाली टोलीमा अन्य भने कुनै परिवर्तनको सम्भावना देखिदैन ।
ओपनरमा कुशल र आसिफ शेख हुनेछन् । तेस्रो र चौथो नम्बरमा कुशल मल्ल र रोहित पौडेल हुनेछन् । दीपेन्द्र नहुँदा रोहित तेस्रो र कुशल चौथो नम्बरमा खेल्ने देखिन्छ । सन्दीप जोरा पाँचौं र विवेक यादव छैटौं नम्बरमा खेल्नेछन् । सात देखी नौं नम्बरसम्म करण, सोमपाल र गुलशन हुनेछन् ।
नेपालको सम्भावित प्लेइङ ११ :
आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]