2 years ago
October 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले आइसिसी टि२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज मलेसियासँग खेल्दैछ । खेल दिउँसो १ : १५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको थियो । मलेसिया पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो । घरेलु टोली नेपाल लगातार दोस्रो जितको सोचमा हुनेछ । आज पहिलो खेलमा ओमानले सिंगापुरलाई हराए नेपाल आजको विजयीले सेमिफइनलमा समेत पुग्नेछ ।
नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । प्रमुख अलराउन्डर नहुँदा नेपाल समस्यामा परेको छ । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिने देखिन्छ । पहिलो खेलमा शीर्षक्रमका ब्याटरले सहज जित दिलाएका थिए । आजको खेलमा मध्यक्रम र तल्लोक्रमका ब्याटरले राम्रो गर्नुपर्ने हुन्छ ।
प्रतियोगिता पहिलो खेलमा कुशल भुर्तेलले ७४ रन बनाउँदै राम्रो सुरुवात गरेका छन् । अर्का ओपनर आसिफ शेखबाट नेपाल राम्रो इनिङ र स्ट्राइकरेट दुबै चाहन्छ । कुशल मल्ल र सन्दीप जोराको प्रदर्शन नेपालको लागि निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्र नहुँदा यी दुई ब्याटरले अतिरिक्त जिम्मेवारी लिनुपर्ने हुन्छ ।

कप्तान रोहित पौडेलको प्रदर्शनले नेपालको योगफल निर्धारण हुनसक्छ । नेपालको ब्याटिङमा गहिराईछ । सोमपाल कामी, करण केसी र गुलशन झा राम्रो ब्याटिङ गर्ने गर्दछन् । विवेक यादव घरेलु क्रिकेटमा राम्रो अलराउन्डर हुन् ।
तर सिनियर टोलीमा राम्रोसँग खेल्ने मौका पाएका छैनन् । सेमिफाइनल अघि विवेकलाई ब्याटिङमा मौका दिन आवश्यक देखिन्छ । प्लेइङ–११ मा भएपनि खेल्ने मौका नपाउँदा ठूला खेलमा नेपाललाई भारी पर्नसक्छ ।
नेपालले सिंगापुरविरुद्ध अभिनाश बोहरालाई सुरुवातमा बलिङ गराउँदा २२ रन खर्चेका थिए । उनलाई डेथ ओभरमा मात्रै प्रयोग गर्न आवश्यक देखिन्छ । सन्दीपलाई स्पिन आक्रामणमा कुशल मल्लले साथ दिनेछन् ।
उता मलेसियाका विरनदीप सिंह प्रमुख हतियार हुन् । एसोसिएट क्रिकेटमा २ हजार टि२० आई रन पूरा गर्ने मात्रै दोस्रो खेलाडी विरनदीप चलेको खण्डमा नेपाललाई स्तब्ध पार्न सक्छन् । उनले ओमानविरुद्ध पहिलो खेलमा अर्धशतक प्रहार गरेका थिए ।

ओपनर सैद अजिज र जुबैदी जुलकिफी यी दुई ब्याटरले पनि मलेसियाबाट लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । कप्तान अहमद फैज अनुभवी हुँदा राम्रो गर्नसक्छन् । बलिङ आक्रामणमा पवनदीप र विरनदीप दाजुभाइको स्पिन जोडीमा नेपाल केहि सचेत हुनुपर्छ ।
आजको पहिलो खेलमा टियु क्रिकेट मैदानमा बिहान ९ बजे सिंगापुर र ओमान खेल्नेछन् । उता मुलपानीको पहिलो खेलमा हङकङले बहराइनसँग खेल्नेछ । मुलपानीमा दोस्रो खेलमा कुवेत र युएई भिड्नेछन् ।
आजको खेलमा नेपाल, ओमान, युएई र हङकङ विजयी भएमा सबै एक खेल अगावै सेमिफाइनलमा स्थान बनाउनेछन् । अन्यथा अन्तिम खेलको नतिजा पर्खनु पर्नेहुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]