default_image

8 months ago

October 31, 2023

अकिबको आक्रामक अर्धशतक, एकै ओभरमा ३० रन

10047 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओमानका उपकप्तान अकिब इलियासले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोट सिंगापुरविरुद्ध आक्रामक अर्धशतक प्रहार गरेका छन् । अकिबले २४ बलमा अर्धशतक पूरा गरेका हुन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १५ ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको छ । अकिब २६ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनमा क्रिजमा छन् ।

जिशान मकसुद १३ बलमा ३ चौका र १ छक्कासहित २४ रनमा क्रिजमा छन् । ओपनर प्रतीक अथवले ३२ बलमा ७ चौकासहित ४२ रनमा आउट भए ।

अकिबले १४ औं ओभरमा अनिश परामलाई दुई छक्का, तीन चौका र एक वाइडसहित चौका गरि कुल ३० रन बटुलेका थिए ।
सिंगापुरले आजको खेलमा टोलीमा एक परिवर्तन गरेको छ । आमार्थ कौललाई बेन्चमा राख्दा अनिश परामलाई आजको खेलमा मौका दिएको छ । ओमानले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।

ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रनले हराएको थियो । सिंगापुर नेपालसँग ८ विकेटले हारेको थियो । आजको दोस्रो खेलमा टियुमा नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ ।

June 25, 2024

अफगानिस्तान टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा

एजेन्सी – बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक आइसिसी टि-ट्वान्टी विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित भएको सोमबारको खेलमा अफगानिस्तानलाई डकवर्थ लुइसका आधारमा ८ रनले हराएको हो । अफगानिस्तान सेमिफाइनलमा पुग्दा अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तान र भारतसँग पराजित अष्ट्रेलिया सुपर एट चरण बाट नै बाहिरिएको हो । समूह १ मा भारत […]

June 25, 2024

भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

एजेन्सी – अष्ट्रेलिया माथि जित हात पर्दै भारत आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा भारतले २४ रनको जित दर्ता गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । उता अष्ट्रेलियाले भने सेमिफाइनलमा पुग्नका लागि अफगानिस्तान र बंगलादेशबीचको खेलको नतिजामा भर पर्नुपर्ने भएको छ । समूह १ मा […]

June 24, 2024

वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

एजेन्सी – वेस्ट इन्डिज माथि जित दर्ता गर्दै दक्षिण अफ्रिका आइसिसी टि-ट्वान्टी विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर एट चरणको आफ्नो अन्तिम खेलमा सोमबार ३ विकेटको जित निकालेको दक्षिण अफ्रिका समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । डकवर्थ लुइसका आधारमा १७ ओभरमा १ सय २३ रनको लक्ष्य दक्षिण अफ्रिकाले ५ बल […]

Success

Thank you for your time.