default_image

7 months ago

October 31, 2023

नेपालविरुद्ध अजिजको तेस्रो अर्धशतक

1152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाका युवा ओपनर सैद अजिजले टि२० आई क्रिकेटमा नेपालविरुद्ध तेस्रो अर्धशतक प्रहार गरेका छन् । टियु क्रिकेट मैदानमा जारी आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा उनले नेपालविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

यसअघि उनले २०१९ जुलाईमा मलेसियाविरुद्ध दोस्रो टि२० आई खेलमा ५० रन बनाएका थिए । २०१९ फेब्रुअरीमा उनले नेपालविरुद्ध एसिसी इस्टर्न रिजनमा थाईल्यान्डमा नेपालविरुद्ध ५१ रन बनाएका थिए । त्यो खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको थियो ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय २४ रन बनाएको छ । मलेसियाका सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रन बनाए ।

ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गरेका थिए । अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए ।

सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए । सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट भए ।

उनले १६ बलमा ३ चौकासहित २४ रन बनाए । तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए ।

May 27, 2024

वार्म अपमा नेपाल र क्यानाडा खेल्दै

ड्यालास (हाम्रो खेलकुद)– टि ट्वान्टी विश्व कप अघि नेपालले खेल्ने दुई मध्ये पहिलो वार्म अफ खेल आज खेल्दैछ । नेपालले पहिलो पटक टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेको क्यानाडासँग वार्म अप खेल खेल्दैछ । खेल ग्रान्ड प्रेरि मैदानमा स्थानिय समय अनुसार बिहान १०ः३० बजे (नेपाली समय अनुसार राति ९ः१५ बजे ) खेल सुरु हुनेछ […]

May 26, 2024

कोलकातालाई तेस्रो आइपिएल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कोलकाता नाइट राइडर्सले तेस्रो पटक इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधि जितेको छ । आइतबार भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै कोलकाता च्याम्पियन बनेको हो । कोलकाताले यसअघि सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०१६ मा उपाधि जितेको हैदरावाद भने सन् २०१८ पछि दोस्रो पटक फाइनलमा […]

May 26, 2024

ह्युस्टनमाथि नेपालको जित

ह्युस्टन (हाम्रो खेलकुद) – टि ट्वान्टी विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा ह्युस्टन हरिकेन्सलाई २७ रनले पराजित गरेको छ । शनिबार जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको ह्युस्टन हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अल आउट भएको थियो । ह्युस्टन जिआ शाहजादले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३५ […]

Success

Thank you for your time.