default_image

9 months ago

October 31, 2023

दीपेन्द्रले टि२० विश्वकप छनोट गुमाउने

2199 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा सबै खेल गुमाउने पक्का भएको छ । उनी पहिलो खेलमा सोमबार बिहान सिंगापुरविरुद्ध खेल्नुअघि अभ्यासको क्रममा फिल्डिङ गर्नेक्रममा उनको बायाँ खुट्टाको एंकलमा चोट लागेको थियो ।

मंगलबार मलेसियासँगको खेलपछि पत्रकारसँग बोल्नेक्रममा स्पिनर सन्दीप लामिछानेले दीपेन्द्रलाई ठिक हुन एक डेढ महिना समय लाग्ने बताएका छन् । योसँगै दीपेन्द्रले विश्वकप छनोट गुमाउने पक्का भएको छ ।

सोमबार दीपेन्द्र प्लेइङ ११ मा रहेपनि चोट लागेपछि उनको स्थानमा विवेक यादवलाई खेलाएको थियो । दीपेन्द्र उपचारपछि बैसाखी टेकेर टियु क्रिकेट मैदान फर्किएका थिए । नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराउँदा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

दीपेन्द्र नहुँदा नेपाललाई टि२० विश्वकप छनोटमा ठूलो धक्का लाग्नेछ । दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । नेपालका टि२० आईका सर्वाधिक सफल र उच्च लयमा रहेका दीपेन्द्र नहुँदा नेपाललाई ठूलो झड्का लाग्ने देखिन्छ ।

दीपेन्द्रले यसै साता त्रिकोणात्मक सिरिजमा युएई र हङकङविरुद्ध सानदार प्रदर्शन गरेका थिए । उनले पाँच खेलमा २०, ४०, ५७ र ३४ रन बनाएका थिए । हङकङसँग एक खेलमा खेलमा‌ भने उनले ब्याटिङ गर्नु परेन।

दीपेन्द्र टोलीमा हुँदा नेपालले एक स्पिनर कम खेलाउँदै आएको थियो । उनी नहुँदा स्पिन आक्रामणमा समेत ठूलो असर पर्नसक्छ ।

दीपेन्द्रले अफ स्पिन गर्दै टोलीलाई सफलता दिलाउँदै आएका थिए । दीपेन्द्र नहुँदा अफ स्पिनरको कमी हुनेछ । मलेसियाविरुद्ध त्यसैको कारण रोहित पौडेल आफैं बलिङमा आउनु परेको थियो ।

दीपेन्द्र नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले ५२ टि२० आई खेलमा १ शतक र ७ अर्धशतकसहित कुल १ हजार ३ सय ४४ रन बनाएका छन् ।

उनी नेपालबाट टि२० आईमा एक हजार रन पूरा गर्ने एक्लो खेलाडी हुन् । उनी नेपालबाट सर्वाधिक टि२० आई खेल्ने खेलाडी समेत हुन् । उनले ५२ खेल खेल्दा करण केसी र सोमपाल कामीले ५१-५१ टि२० आई खेलेका छन् ।

July 25, 2024

एसिया कप खेलेर फर्कियो नेपाल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला एसिया कप खेलेर विहीबार स्वदेश फर्किएको छ । नेपालले प्रतियोगिताको समूह चरणमा यूएई, पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो । पहिलो खेलमा यूएईलाई ६ विकेटले हराउँदै नेपालले प्रतियोगिताको इतिहासमा पहिलो जित समेत दर्ता गरेको थियो । त्यसपछि दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेट र भारतसँग […]

July 24, 2024

दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अल-राउन्डर दीपेन्द्र सिंह ऐरी क्यानडियन फ्रेन्चाइज लिग ग्लोबल टि-२० का लागि आज राती प्रस्थान गर्ने भएका छन् । दुवै दिल्लीबाट क्यानडाका लागि प्रस्थान गर्दैछन् । भिसा आउन समय लागेका कारण दीपेन्द्र शुक्रवार देखि सुरु हुने लिगका लागि ढिलो प्रस्थान गर्दैछन् । उनी यसपटक […]

July 23, 2024

भारतविरुद्ध फराकिलो हारसँगै नेपाल एशिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – भारत विरुद्ध फराकिलो हार बेहोर्दै नेपाल एसिसि एशिया कप २०२४ बाट बाहिरिएको छ । भारत विरुद्ध ८२ रनले पराजित भएसँगै नेपाल एशिया कपबाट औपचारिक रूपमा बाहिरिएको हो । १ सय ७९ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालका लागि सिता […]

Success

Thank you for your time.